सुन तस्करी प्रकरणमा प्रहरीले माग्यो इन्टरपोलको सहयोग

हिमाल प्रेस ९ भदौ २०८० २२:१४ | Saturday, August 26, 2023
सुन तस्करी प्रकरणमा प्रहरीले माग्यो इन्टरपोलको सहयोग फाइल तस्बिर

काठमाडौँ– नेपाल प्रहरीले सुन तस्करी प्रकरणमा विदेशी नागरिकको समेत संलग्नता देखिएकाले अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को सहयोग मागेको छ। अहिले सुन तस्करी प्रकरणको अनुसन्धाननेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरिरहेको छ। प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले इन्टरपोल हङकङ र भारतलाई सहयोगका लागि पत्राचार गरिएको जानकारी दिएका हुन्।

गत साउन ३ गते हङकङबाट ल्याइएको ६० किलो सात सय १६ ग्राम सुन राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो। सुन प्रकरणको अनुसन्धान सीआईबीले गरिरहेको छ। सीआईबीले शुक्रबार सुन प्रकरणका आवश्यक सूचना र जानकारी भए उपलब्ध गराइदिन अनुरोधसमेत गरेको थियो।

सुन प्रकरणमा भारतीय र चिनियाँ नागरिकसमेत संलग्न रहेको भन्दै त्यहाँ रहेको इन्टरपोलसँग समन्वयका लागि पत्राचार गरिएको प्रहरीको भनाइ छ। सुन प्रकरणमा संलग्न २३ जनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ। -रासस

प्रकाशित: ९ भदौ २०८० २२:१४ | Saturday, August 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast