डेंगी संक्रमितको संख्या १६ हजार नाघ्यो

हिमाल प्रेस ३ भदौ २०८० १८:३४ | Sunday, August 20, 2023
डेंगी संक्रमितको संख्या १६ हजार नाघ्यो लामखुट्टेको टोकाइबाट हुने डेंगीबाट बच्न दिक्तेलमा चलाइएको ‘लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्ने’ अभियानमा विषादी छर्कँदै प्राविधिक। फाइल तस्बिर : रासस

काठमाडौँ- नेपालमा यो वर्ष डेंगी संक्रमितको संख्या १६ हजार नाघेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकअनुसार गत जनवरीदेखि अगष्ट १९ सम्म १६ हजार २६७ जनामा संक्रमण पुष्टि भएको छ।

डेंगीका कारण यो वर्ष १२ जनाको मृत्यु भएको छ। डेंगीबाट सबैभन्दा धेरै कोसी र वाग्मती प्रदेश प्रभावित भएका छन्।

कोसीमा १२ हजार २१ र बाग्मतीमा दुई हजार ६५७ जना संक्रमित भएका छन्। काठमाडौं उपत्यकाका तीन जिल्लामा गरी ६२५ जना संक्रममित भएका छन्। अगष्टका १९ दिनमा देशभर आठ हजार ४२४ संक्रमित थपिएका छन्। अहिले सबैभन्दा धेरै धरानमा डेंगी फैलिएको छ।

प्रकाशित: ३ भदौ २०८० १८:३४ | Sunday, August 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast