चार जिल्लाका सीडीओको सरुवा

हिमाल प्रेस ३० साउन २०८० १८:०१ | Tuesday, August 15, 2023
चार जिल्लाका सीडीओको सरुवा

काठमाडौँ– गृह मन्त्रालय चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा गरेको छ। मन्त्रालयले मंगलबार गरेको निर्णयअनुसार चितवन, नुवाकोट, सप्तरी र धनुषाका सीडीओ फेरिएका हुन्।

सप्तरीका सीडीओ भुपेन्द्र थापालाई चितवनको सीडीओमा सरुवा गरिएको छ। त्यस्तै चितवनका सीडीओ सुरेन्द्र पौड्याललाई नुवाकोटको सीडीओ बनाइएको छ। मन्त्रालयले नुवाकोटका सीडीओ किरण थापालाई सप्तरीको सीडीओ बनाएको छ।

धनुषाका सीडीओ काशीराज दाहाललाई कारागार व्यवस्थापन विभागको महानिर्देशकमा सरुवा गरी कारागार व्यवस्थापन विभागका महानिर्देशक चक्रपाणी पाण्डेलाई धनुषाको सीडीओ बनाइएको छ।

प्रकाशित: ३० साउन २०८० १८:०१ | Tuesday, August 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast