बिजुली बजार पुल : राति झिलिमिली, दिउँसो नाक थुनेर हिँड्नुपर्ने [तस्बिरहरू]

हिमाल प्रेस २९ साउन २०८० १७:३५ | Monday, August 14, 2023
बिजुली बजार पुल : राति झिलिमिली, दिउँसो नाक थुनेर हिँड्नुपर्ने [तस्बिरहरू]

काठमाडौँ- रातिको समय काठमाडौँको बिजुली बजारस्थित ‘आर्क ब्रिज’मा झिलिमिली देखिन्छ। काठमाडौँ महानगरपालिकाले गत शुक्रबारयता पुलका ‘रड’हरूमा बत्ती जडान गरेपछि रातिको समयमा बल्ने विभिन्न रङका ती बत्तीले पुल झिलिमिली देखिन्छ। रंगीविरंगी बत्तिले झिलिमिली देखिने पुलमा रातिको समय टिकटक बनाउने तथा फोटो खिच्नेको भीड लाग्ने गरेको छ।

तर दिउँसो भने पुल छेउमा रहेको फोहरको डंगुरले सर्वसाधारणले आवतजावत गर्दा पनि नाक थुनेर हिँड्नुपर्ने बाध्यता छ। पुलको दक्षिणपश्चिमपट्टि राखिएको फोहरको गन्धका कारण आवतजावत गर्ने यात्रुले नाक थुनेर हिँड्नुपर्ने बाध्यता छ।

त्यहाँको फोहर अन्यत्र लैजानका लागि दिउँसो ट्रकमा लोड गर्ने गरिएको छ। यसअघि गत असार अन्तिम साता आर्थिक वर्षको अन्तिममा काठमाडौँ महानगरपालिकाले पुलमा गमलामा फूल राखेको थियो। पुललाई फूल र बत्तीले जति सजाउन खोजे पनि नजिकैको फोहरले गिज्याइरहने अवस्था छ।

साेमबार दिउँसाे पुलमा नाक थुनेर हिँडिरहेका सर्वसाधारण
आइतबार राति करिब १० बजे टिकटक बनाउने तथा फाेटाे खिच्नेहरू
साेमबार दिउँसाे करिब साढे १ बजे फाेहर ट्रकमा लाेड गर्दै मजदुर र पुलमुनी सुकाइएका लुगा

  

प्रकाशित: २९ साउन २०८० १७:३५ | Monday, August 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast