सीएफओको भूमिकामा एकीकृत सोचको आवश्यकता

हिमाल प्रेस १५ साउन २०८० ८:३२
14
SHARES
सीएफओको भूमिकामा एकीकृत सोचको आवश्यकता

चिफ फाइनान्सियल अफिसर (सीएफओ) बहुआयामिक चुनौतीको चाङमा बसेर काम गरिरहेको हुन्छ। यही कारण उसको हरेक निर्णयमा प्राविधिक, व्यावसायिक सीपको परीक्षा भइरहेको हुन्छ।

यस्ता समस्याले बेलाबेला संस्थासँग जोडिएका अन्य कर्मचारी, सरोकारवाला र सेयर लगानीकर्ताबीच असमझदारी ल्याएको पनि हुन्छ। आर्थिक विकासका लागि शिक्षा तथा सीप कार्यक्रममा निर्देशक एन्ड्रिस् इस्किलिचेरले सीअफओको सहजताका लागि केही उदाहरण पेस गरेका छन्। जस्तै–

– संस्थाको अद्भुत सफलतासँगै सीएफओले स्रोतसाधनको अधिकतम प्रयोग र सरोकारवालाको हितमा ध्यान दिनुपर्छ।

– वित्त अर्थतन्त्रसँग वास्तविक अर्थतन्त्रको मूल्यांकन उत्तिकै जरुरी छ।

– प्रविधिको सही प्रयोग र समाजको त्यसको अधिकतम उपयोगिता अत्यन्तै आवश्यक छ।

– सरोकारवाला र आमनागरिकको आवाजलाई अस्वीकार गरेर निर्णयहरू अगाडि बढाउन हुँदैन।

देख्दा यी समस्या सामान्य भए पनि संस्थाको हित र प्रगतिमा ठूलो महत्त्व बोकेका हुन्छन्। यदि व्यावसायिक मोडल परिवर्तन गर्नुछ भने दीर्घकालीन हित, दिगोपन, प्रणालीको पुनर्संरचनामा विशेष ध्यान दिन जरुरी छ। हिजोआज सीमित वित्तीय स्रोतका साथै मानव र प्राकृतिक स्रोतको पृष्ठभूमिमा यस्ता चुनौती खडा भएका छन्। आर्थिक उन्नति मात्रै हेरेर कुनै पनि निर्णय अगाडि बढाइयो भने संस्थाको दिगोपन र सफलता प्राप्त हुन सक्दैन। त्यसकारण एसीसीएको दिगोपन, एकीकृत सोच, कामको रिपोर्टिङ शैलीअनुसार अगाडि बढ्दा सीएफओले यस्ता समस्या भोग्नु नपर्ने एक रिपोर्टले औँल्याएको छ।

बहुआयमिक चुनौतीहरू सजिलै सम्बोधन गर्न नसकिने खालका हुन्छन्। यस्ता समस्याले एकैपटक फरक खालका विषयमा ध्यान दिनुपर्ने अवस्थामा पुर्‍याउँछ। त्यसकारण कुनै पनि संस्था नेतृत्व गरिरहेकाहरूले ‘हामी एकैपटक जताततै, जुन चिज, जतिबेला पनि सम्बोधन गरिरहेका हुन्छौँ’ भन्नु कुनै नौलो होइन।

आर्थिकसँगै संस्थाका अन्य विषयमा पनि सीएफओ जवाफदेही हुन्छ। त्यसकारण आजको जस्तै तीव्र गतिमा दौडिरहेको समाजमा सीएफओले कामको शैली परिवर्तन गर्न जरुरी छ।

एकीकृत सोचको आवश्यकता

कुनै पनि समस्या समाधानका लागि एकीकृत सोचको अत्यन्तै आवश्यकता हुन्छ। यसमा व्यक्तिगत र व्यावसायिक सोच एकीकृत गरी निर्णयहरू लिइन्छ। यो भनाइ सर्वप्रथम अन्तर्राष्ट्रिय एकीकृत रिपोर्टिङ निकाय (आईआईआरसी)ले वकालत गरेको थियो। अहिले अन्तर्राष्ट्रि वित्त रिपोर्टिङ मापदण्ड (आईएफआरएस)ले पनि अगाडि बढाइरहेको छ।

एसीसीएले यस्तै प्रकृतिको एकीकृत सोचको अवधारणा प्रयोग गर्दै आइरहेको छ। जसले लेखा व्यवसाय, आर्किटेक्चर, सफ्टवयेर तथा एआई इन्जिनियरलगायतको सोचलाई एकीकृत गरी योजनाहरू बनाउँछ।

सीएफओको एकीकृत सोच क्षमता

एसीसीएको अनुसन्धान र विशिष्टहरूसँगको राउन्डटेबलले पाँच एकीकृत सोचको अवधारणा सार्वजनिक गरेको छ। जसले सीएफओहरूमा एकीकृत सोचको धारणा विकास गराउँछ।

निरन्तर प्रयास

खुलापन, विनम्रता, जिज्ञासा, साहस र रचनात्मकता यी पाँच व्यक्तिगत क्षमताको विकासले सीएफओलाई समयअनुसार निरन्तर विकास र अभिवृद्धिमासक्षम बनाउँछ।

सहानुभूति

अरूको दृष्टिकोण बुझेर समस्याको समाधान गर्ने, आफ्नो साथै अरुको स्थानमा बसेर कुरा सुन्ने गर्नुपर्छ। व्यवसायी, सहकर्मी, व्यापार साझेदार, ग्राहक र प्रयोगकर्ता जो भए पनि उनीहरूको स्थानमा बसेर सोच्ने गर्नुपर्छ।

अन्वेषण

सिक्नको लागि सधैँ नयाँनयाँ क्षेत्रको खोजी जारी राख्नुपर्छ। जसमा अरुलाई पनि आमन्त्रण गर्न सकिन्छ। प्रश्न गरेर, परिवेशको अध्ययन गरेर वा परीक्षणमा सहभागी भएर पनि सोचको दायरा फराकिलो बनाउन सकिन्छ।

सामूहिक सिर्जना

समूहमा निर्णय लिने, सामूहिक रूपमा अवसरको प्रयोग गर्दै सहकार्य र संगठन निर्माणमा लाग्दा नयाँ कुरा जानकारी पाउन र निर्माण गर्न सकिन्छ।

सशक्तीकरण

संस्थाका सदस्यहरूलाई सक्षम बनाउँदै उनीहरूको क्षमता विकासमा ख्याल गर्नुपर्छ। यसले समस्या पार लगाउन मात्रै होइन सकारात्मक परिणामा ल्याउन पनि सघाउँछ।

एकीकृत सोच विकासका चुनौती

एसीसीएको राउन्ड टेबलमा भाग लिएकाहरूले सीएफओको कामलाई चौतर्फीरूपमा व्याख्या गरेका थिए। मुख्यतः सीएफओको काम स्थिर नभएकाले केही आधारभूत परिवर्तनको खाँचो रहेको औँल्याएका छन्।

एकीकृत सोचले सीप र व्यवहार परिवर्तनमा भूमिका खेल्छ। तर सुरुवातमा जो कोहीलाई आफ्नो आनीबानी परिवर्तन गर्न गाह्रो पर्न सक्छ। त्यसले गर्दा सीएफओले करियरमा बहुआयमिक समस्या भोग्न सक्छन्। यसको समाधानका लागि निरन्तररूपमा आफ्नो बानी र व्यावसायिक विकासमा ध्यान पुर्‍याउन जरुरी छ।

क्षमतामूलका सीप र विकास करियरका लागि महत्त्वपूर्ण मानिन्छ। (माचाडो २०२२) । सहकार्य नै उचित सीपको पहिलो खुड्किला हो। सहकार्यको माध्यमबाटै सीएफओले आफूले सिक्नुका साथै अरुलाई सिकाउन र नयाँ आयामको काम गर्न मद्दत गर्छ।

यो गाइडले सीएफओ र उसका सहकर्मीबीच बहुआयमिक समस्या समाधानका लागि सघाउँछ। सीएफओले विभिन्न व्यक्तिसँगको सहकार्य र सहअस्तित्वका लागि स्थान दिन्छ। समस्याका चाङ नै सीएफओको क्षमता विकास गर्ने आधार हुन्। यसकारण समस्याअनुसारका साधानका उपाय, सहकार्यको भाव, सहकर्मीको विचार सबै ध्यान दिएर अगाडि बढ्नु आवश्यक छ। यो उपाय सबैमा उत्तिकै उपयोगी छ तर एकीकृत सोच विकासका लागि बढी आवश्यक छ। ज्ञानको दायरा बढाउन, प्रतिक्रिया लिन, फरक विभागको सहकार्य गराउन र नयाँनयाँ अनुभव आदानप्रदान गराउन संस्थाको पनि केही भूमिका अवश्यक हुन्छ।

नवीन र समस्या समाधनको सीप

नयाँ सोच, नयाँ अनुभव, सहकार्य र स्पष्ट धारणाको विकासले समस्या समाधानमा सघाउँछ।

संस्थागत वातावरण र व्यक्तिगत संस्कार

संस्थाको वातावरणले काम गर्ने उत्साह बढाउँछ। उचित संस्थागत वातावरणको साथमा अनुशासित र संस्कारयुक्त कर्मचारी हुँदा संस्थाको उत्पादकत्व बढ्छ।

सहकार्यको भावना

वृहत सहभाव सहकार्यले सीप विकासमा सघाउँछ। एकअर्का मिलेर काम गर्दा त्यसले कर्मचारीलाई जाँगरिलो मात्रै बनाउँदैन एकीकृत भावना र सोचको विकास उत्तिकै गराउँछ।

चुनौतीपूर्ण अभ्यास

एकीकृत सोच र चुनौतीको सामना गर्ने दृढ विश्वासले व्यक्तिगत सफलतामा साथ दिन्छ। जुन कुरा संस्थागत हितमा बढी प्रभावकारी मानिन्छ।

समयानुसार योजना

सफलताको लागि योजना अपरिहार्य नै हो। तर योजना बनाएर मात्रै हुँदैन, त्यसमा एकीकृत सोच मिसियो र समयानुकूल भयो भने सबै हित गर्छ।

विकास कार्यक्रममा सहभागी

हरेक क्षेत्रका विकास कार्यक्रममा सहभागी हुँदा सोच्ने क्षमता फराकिलो हुन्छ। त्यसकारण संस्थागत हितको लागि र व्यक्तिगत क्षमता विकासको लागि जुनसुकै क्षेत्रको विकास कार्यक्रममा सहभागी हुनु अत्यन्त आवश्यक छ।

प्रकाशित: १५ साउन २०८० ८:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast