विश्वकप छनोटका लागि लाओससँग भिड्दै नेपाल

हिमाल प्रेस ११ साउन २०८० १२:४९ | Thursday, July 27, 2023
विश्वकप छनोटका लागि लाओससँग भिड्दै नेपाल

काठमाडौँ- सन् २०२६ को फिफा विश्वकपको प्रारम्भिक छनोटमा नेपालले लाओसको सामना गर्ने भएको छ। लाओस नेपालको परिचित प्रतिद्वन्द्वी हो।

यसअघि थ्री नेसन्स कपको उपाधिका लागि पनि नेपाल र लाओस आमनेसामने भएका थिए। यसअघि दुई टिमबीच तीन प्रतिस्पर्धा भएको थियो। जसमा २ मा जित र एकमा बराबरी गरेको छ।

अमेरिका र मेक्सिकोमा हुने फिफा विश्वकपका लागि भएको एसियाली छनोटको ‘ड्र’ मा नेपालले प्लेअफ चरणमा लाओसको सामना गर्ने भएको हो।

मलेसियाको क्वालालम्पुरस्थित एएफसी मुख्यालयमा बिहीबार ‘ड्र’ सार्वजनिक गरिएको थियो।

अब नेपालले अक्टोबरमा लाओसमा दुई लेग खेल्ने छ। पहिलो लेग अक्टोबर १२ र दोस्रो लेग अक्टोबर १७ तारिखमा हुनेछ। त्यसमा विजयी टिम दोस्रो चरणमा प्रवेश गर्नेछन्।

दोस्रो चरणका लागि शीर्ष २६ टोलीले स्थान पक्का गरिसकेका छन्। यस चरणमा प्लेअफ पार गर्ने १० टोलीसहित कूल ३६ टोलीलाई ४(४ टोलीको ९ समूहमा विभाजन गरेर प्रतियोगिता गरिने छ।

सबै समूहको विजेता र उपविजेताले एएफसी एसियन कप २०२७ को लागि स्थान पक्का गर्दै विश्वकप छनोटको तेस्रो चरणमा खेल्नेछन्।

प्रकाशित: ११ साउन २०८० १२:४९ | Thursday, July 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast