रोनाल्डो फेरि बेन्चमा

हिमाल प्रेस २४ मंसिर २०७९ २०:२७ | Saturday, December 10, 2022
रोनाल्डो फेरि बेन्चमा

काठमाडौँ- विश्वकप क्वार्टरफाइनलमा शनिबार राति मोरोक्कोको सामना गर्न लागेको पोर्चुगलले आफ्ना नियमित कप्तान क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखेको छ। प्रिक्वार्टरफाइनलमा स्विटजरल्यान्डसँग भिड्दा पनि पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसले रोनाल्डोलाई पहिलो एघारमा राखेका थिएनन्।

रोनाल्डोको अनुपस्थितिमा गोन्सालो रामोसले पोर्चुगिज अग्रपंक्तिको जिम्मा पाएका छन्। रामोसले स्विटजरल्यान्डविरुद्ध ह्याट्रिक गरेका थिए। उत्तर अफ्रिकन टिमसँगको खेलमा रामोसलाई ब्रुनो फर्नान्डेस, बर्नादो सिल्भा र जाओ फिलिक्सिले सघाउनेछन्।

स्विटजरल्यान्डसँग भिडेको पोर्चुगिज टिममा सान्तोसले जम्मा एक खेलाडी परिवर्तन गरेका छन्। उनले विलियम कार्लभाल्होको स्थानमा रुबेन नेभेसलाई अवसर दिएका हुन्।

उता मोरोक्कोले स्पेनसँग भिडेको टिममा दुई खेलाडी परिवर्तन गरेको छ। सेन्ट्रल डिफेन्डर नायेफ एगुर्ड र फुलब्याक नौसेर माजारुई चोटका कारण टिमबाहिर रहँदा जवाद एल यामिक र याहा आटिएट अल्लाहले पहिलो एघारमा स्थान बनाएका छन्।

प्रकाशित: २४ मंसिर २०७९ २०:२७ | Saturday, December 10, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast