अन्तर्घातीलाई कारबाही गर्ने राप्रपा पाँचथरको तयारी

हिमाल प्रेस २४ मंसिर २०७९ १८:४२ | Saturday, December 10, 2022
अन्तर्घातीलाई कारबाही गर्ने राप्रपा पाँचथरको तयारी

फिदिम– हालै सम्पन्न निर्वाचनमा पार्टी उम्मेदवारलाई अन्तर्घात गर्ने नेता, कार्यकर्तालाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पाँचथर जिल्ला कार्य समितिले कारबाही गर्ने भएको छ। पार्टी हितविपरीत काम गर्नेमाथि पाँचथर जिल्ला समीक्षा भेलाको निर्णयबमोजिम कारबाही गर्ने राप्रपाले जनाएको छ।

जिल्ला अध्यक्ष कमल चेम्जोङको अध्यक्षतामा सम्पन्न भेलाले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सहयोग गर्ने मतदाता, पार्टीका सहयोगी, शुभेच्छुकहरूलाई धन्यवाद दिने निर्णय गरेको छ। अध्यक्ष चेम्जोङले प्रस्तुत गरेको समीक्षा प्रतिवेदनअनुरूप जिल्ला मातहतका संगठनहरू गठन वा पूनर्गठन गर्ने, प्रशिक्षणलगायत नियमित कार्यक्रमहरू सञ्‍चालन गर्ने निर्णय गरेको छ।

यस्तै पुष १५ भित्र जिम्मेवारी सम्पन्न गर्ने गरी वडा तहसम्म टोलीहरू परिचालन गर्ने निर्णय गरेको छ। जिल्ला उपाध्यक्ष प्रयागराज सुवेदीले सहभागीहरूलाई स्वागत गर्दै देशव्यापी रूपमा राप्रपाले फड्को मारेको बताए। जिल्ला सहसचिव संजिव जोशीले राप्रपामा युवा पुस्ताको आकर्षण बढेको उल्लेख गरे।

प्रकाशित: २४ मंसिर २०७९ १८:४२ | Saturday, December 10, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast