विभिन्‍न संघसंस्थालाई भारतले दियाे एम्बुलेन्स र स्कुल बस

हिमाल प्रेस ३१ असार २०८० १४:०४ | Sunday, July 16, 2023
विभिन्‍न संघसंस्थालाई भारतले दियाे एम्बुलेन्स र स्कुल बस

काठमाडौँ- काठमाडौँस्थित भारतीय दूतावासले नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्ने संघसंस्थालाई ३४ वटा एम्बुलेन्स र ५० स्कुल बस उपहारस्वरूप प्रदान गरेको छ।
आइतबार काठमाडाैँमा आयोजित एक कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले एम्बुलेन्स र स्कुल बसको साँचाे हस्तान्तरण गरेका  हुन्।

भारत सरकारले सन् १९९४ देखि भारतको स्वतन्त्रता दिवस र गणतन्त्र दिवसका अवसरमा नेपालका विभिन्न संस्थालाई एम्बुलेन्स तथा स्कुल बस उपहार दिँदै आएकाे छ। साे अवसरमा मन्त्री राईले भारत सरकारको सहयोगमा नेपालमा जारी विकास परियोजनाको सराहना गरे। उनले ती परियोजनाले दुई देशबीचको जनताजनताबीचको सम्पर्क र द्विपक्षीय सम्बन्धलाई निरन्तर सुदृढ बनाउँदै लैजाने बताए।

राजदूत श्रीवास्तवले उक्त एम्बुलेन्स तथा स्कुुल बस नेपालको स्वास्थ्य तथा शिक्षा क्षेत्रमा गरिएको सहयोग रहेकाे भन्दै यो कार्यक्रम भारत र नेपालबीचको विकास साझेदारीकै एक अंशका रूपमा रहेको बताए।

यस कार्यक्रमअन्तर्गत सन् १९९४ यता भारतले नेपालका विभिन्न संघसंस्थालाई ९ सय ७४ वटा एम्बुलेन्स र दुई सय ३४ स्कुल बस उपहारस्वरूप उपलब्ध गराइसकेको दूतावासले जारी गरेकाे  विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ३१ असार २०८० १४:०४ | Sunday, July 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast