श्रमिकको मासिक पारिश्रमिक २५ हजार बनाउन माग [तस्बिरहरू]

दिपेश श्रेष्ठ ३१ असार २०८० १२:४६ | Sunday, July 16, 2023
श्रमिकको मासिक पारिश्रमिक २५ हजार बनाउन माग [तस्बिरहरू]

काठमाडौँ– श्रमिकहरूले मासिक न्यूनतम पारिश्रमिक २५ हजार रुपैयाँ तोक्न दबाब दिएका छन्।  नेपाल ट्रेड युनियन कांग्रेसले श्रमिकलाई जिउन पुग्ने गरी पारिश्रमिक दिन माग गर्दै आइतबार माइतीघर मण्डलामा र्‍याली निकालेको हो।

सरकारलाई खबरदारी गर्न दबाबमूलक कार्यक्रम गरिएको नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्रकुमार कुँवरले बताए। संगठनले श्रमिकहरूको न्यूनतम पारिश्रमिक कम्तीमा २५ हजार बनाउनका लागि स्थानीय तह र प्रदेश सरकारमा ज्ञापनपत्र बुझाइसकेको छ।

श्रमिकहरूले स्थानीय तहमा आफूहरूको पञ्जीकरण गर्न, श्रम आयोग गठन गर्न, योगदानमा आधारित सामाजिक सुरक्षा लागू गर्न, नीति निर्माण तहमा आफूहरूको प्रतिनिधित्व गराउन पनि सरकारसमक्ष माग गरेका छन्।

प्रकाशित: ३१ असार २०८० १२:४६ | Sunday, July 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast