राप्रपाको लुम्बिनी सह-संयोजकमा प्रकाश रिमाल

हिमाल प्रेस २९ असार २०८० ९:२० | Friday, July 14, 2023
राप्रपाको लुम्बिनी सह-संयोजकमा प्रकाश रिमाल

काठमाडौँ- राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदेश संयोजकको समन्वयमा रही कार्यसम्पादन गर्न लुम्बिनी प्रदेश सह–संयोजकमा सहमहामन्त्री प्रकाश रिमाललाई जिम्मेवारी तोकिएको छ।

अध्यक्ष लिङ्देनले यसअघि नै वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई प्रदेश संयोजकको जिम्मेवारी प्रदान गरिसकेका छन् ।

यसैगरी अध्यक्ष लिङ्देनले मंगलबार गठन भएको महिला विभागका पदाधिकारी, सदस्यलाई मनोनयन पत्र हस्तान्तरण गरेका थिए।

विभागको प्रमुखमा पार्टीका महामन्त्री कुन्ती कुमारी शाही, उपप्रमुखमा पार्टीका कार्यसम्पादन समिति सदस्य रेखा थापा, सदस्य सचिबमा अधिवक्ता सवान्त थापा तथा सदस्यमा सरस्वती लामा, नानु लामा नगरकोटी, बबिता शाही, इन्दिरा शाही र रिता कुँवर रहेको राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जनाएका छन्।

प्रकाशित: २९ असार २०८० ९:२० | Friday, July 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast