अन्तिम श्रद्धाञ्जलीका लागि दाहालको शव पार्टी कार्यालयमा

हिमाल प्रेस २७ असार २०८० ११:५८ | Wednesday, July 12, 2023
अन्तिम श्रद्धाञ्जलीका लागि दाहालको शव पार्टी कार्यालयमा

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलिका लागि नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिस डाँडामा राखिएको छ।

केही समयअघि मात्रै उनको दाहालको शवलाई पेरिसडाँडा पुर्‍याइएको हो। प्रधानमन्त्री प्रचण्ड पनि पेरिसडाँडामै छन्।

बुधबार बिहान उपचारका क्रममा नर्भिक अस्पतालमा ८:३३ बजे निधन भएको हो।

उनलाई अन्तिम श्रद्धाञ्जलि दिन राजनीतिक दलका नेताहरू पुगेका छन्।
आज भने हृदयाघात भएपछि बिहान ८ बजे अस्पताल पुर्‍याइएको थियो। आकस्मिक कक्षमा सिपिआर लगायतका विधिबाट उपचार गरिएको थियो।

उनको पार्थिव शरीर श्रदाञ्जलिका लागि ११ देखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिनेछ भने दिउँसो २ बजे पशुपति आर्याघाटमा अन्तिम संस्कार गरिनेछ।

प्रकाशित: २७ असार २०८० ११:५८ | Wednesday, July 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast