काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको निधनप्रति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुस्ख व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत् एक सन्देश जारी गर्दै ओलीले दाहालको निधनले आफू अत्यन्त दु:खी भएको बताएका छन्।
पूर्वप्रधानमन्त्री ओलीले दिवंगत दाहालप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डसहित शोकाकुल परिवारमा समवेदना व्यक्त गरेका छन्।
दाहालको बुधबार बिहान ८:३३ बजे नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालकी जीवन संगिनी सीता दाहालको निधनको खबरले अत्यन्त दुःखी छु । दिवंगत सीता दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै पत्नी वियोगमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु ।
— K P Sharma Oli (@kpsharmaoli) July 12, 2023