अवरोध खुलेपछिको राष्ट्रियसभा (फोटो फिचर)

दिपेश श्रेष्ठ २६ असार २०८० १२:०६
6
SHARES
अवरोध खुलेपछिको राष्ट्रियसभा (फोटो फिचर)

काठमाडौँ- संघीय संसद्अन्तर्गत मंगलबार राष्ट्रियसभाको बैठक  बसेको छ। बिहान ११ बजे बसेको बैठकमा विनियोजन विधेयकमाथि छलफल जारी छ।

लामो समय अवरुद्ध रहेको सभा मंगलबार खुलेको हो। विनियोजन विधेयक, २०८० का विभिन्न शीर्षकमध्ये स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका विभिन्न शीर्षकमा छलफल भइरहेको छ।

यसैगरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उपराष्ट्रपतिको कार्यालय, राष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीले विवादास्पद अभिव्यक्ति दिएपछि नेकपा एमालेलगायतका प्रतिपक्षी दलले संसद् अवरुद्ध गर्दै आएको थिए।

प्रधानमन्त्रीले केही दिनअघि राजधानीमा आयोजित एक कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन भारतको सहयाेग रहेको अभिव्यक्ति दिएपछि विवादमा तानिएका थिए।

प्रमुख तीन दलको सहमतिपछि प्रतिनिधिसभा बैठक सोमबारबाट सञ्चालनमा आएको थियो भने राष्ट्रियसभाको बैठक मंगलबार बसेको हो। तस्बिरमा राष्ट्रियसभा बैठक

 

तस्बिर : दिपेश श्रेष्ठ/ हिमाल प्रेस

प्रकाशित: २६ असार २०८० १२:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast