खोपको गुणस्तर कायम राख्न निर्देशन

हिमाल प्रेस १४ असार २०८० २०:३० | Thursday, June 29, 2023
खोपको गुणस्तर कायम राख्न निर्देशन प्रतिनिधिमूलक तस्बिर

बाँके- बाँकेमा बालबालिकालाई लगाइने खोपको गुणस्तर कायम राख्न लुम्बिनी प्रदेश सरकारले निर्देशन दिएको छ। प्रदेश सरकारको स्वास्थ्य निर्देशनालयले गरेको अनुगमनका क्रममा खोपको गुणस्तर कायम राख्नका लागि खोपको ‘कोल्डचेन’ व्यवस्थापन गर्न निर्देशन दिएको हो।

प्रत्येक वर्ष खोज र खोप रणनीति अवलम्बन गर्दै पाँच वर्षमुनिका बालबालिकालाई खोप लगाउन अनुरोध गरिएको छ। आज नेपालगञ्जमा आयोजना गरिएको पूर्ण खोप सुनिश्चितता र दीगोपना कायक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले खोपको प्रभावकारितासँगै महामारी रोग नियन्त्रण हुने बताए। ‘अहिले नसर्ने रोगको महामारी देखिएको छ, त्यसैले यसको सम्बोधन गर्न प्रदेश सरकारले बजेटको व्यवस्था गरेको छ,’ उनले भने।

जिल्ला स्वास्थ्य कार्यालय, बाँकेकी प्रमुख सुनिता पौडेल पाण्डेले खोपको गुणस्तर कायम गर्न जथाभाबी खोप लगाउने कामलाई निरुत्साहित गर्न जोड दिँदै स्वास्थ्यकर्मी चनाखो हुनुपर्ने बताइन्।

जिल्लामा माघदेखि घरधुरी सर्वेक्षण सुरु भई खोज र खोप अभियान सञ्चालन भएको थियो। सर्वेक्षणमा १६ देखि २३ महिनाका ८ हजार ३ सय ३६ कुल बच्चामध्ये एक सय सात शून्य डोज र पाँच ६६ आंशिक छुट बच्चा फेला परेकोमा सबैलाई खोप प्रदान गरिएको छ।

नेपालगञ्ज उपमहानगरपालिकामा सबैभन्दा बढी ९६ शून्य डोज र एक सय ६७ आंशिक छुट फेला परेका थिए।

प्रकाशित: १४ असार २०८० २०:३० | Thursday, June 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast