सानिमा बैंक र पाटन अस्पतालबीच सम्झौता

हिमाल प्रेस ५ असार २०८० १७:४३ | Tuesday, June 20, 2023
सानिमा बैंक र पाटन अस्पतालबीच सम्झौता

काठमाडौँ- सानिमा बैंक र पाटन अस्पतालबीच सम्झौता गरिएको छ। विपन्न महिलाको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्बन्धमा दुई पक्षबीच सम्झौता गरिएको हो।

सम्झौताअन्तर्गत सानिमा बैंकले न्युन आर्थिक अवस्था भएका महिलाहरूको उपचारका लागि पाटन अस्पताललाई आर्थिक सहयोग उपलब्ध गराउनेछ। सम्झौताअनुसार बैंकले आगामी १ वर्षका लागि आर्थिक सहयोग उपलब्ध गराउनेछ। सानिमा बैंकले २०७४ सालदेखि विपन्न महिलाको उपचारका लागि पाटन अस्पतालमार्फत आर्थिक सहयोग गर्दै आएको छ।

सानिमा बकले प्रत्येक ‘नारी बचत खाता’बापत बैंकको तर्फबाट मासिक १ रुपैयाँको दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्दैै आएकोे छ। उक्त संकलित रकम नारी उत्थानका लागि खर्च गर्ने उद्देश्यले नै बैंकले पाटन अस्पतालसँग सम्झौता गरेको बैंकको भनाइ छ।

बैंकमा आयोजित कार्यक्रममा अस्पतालका निर्देशक डा. रवि शाक्य र बैंकका प्रमुख निक्षेप हेमराज संज्यालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

प्रकाशित: ५ असार २०८० १७:४३ | Tuesday, June 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast