फिल्म ‘काँडेतार’ फागुन २५ गते प्रदर्शन हुने

हिमाल प्रेस ३ असार २०८० १५:०५ | Sunday, June 18, 2023
फिल्म ‘काँडेतार’ फागुन २५ गते प्रदर्शन हुने

काठमाडौँ- फिल्म ‘काँडेतार’ आगामी फागुन २५ गते प्रदर्शन हुने भएको छ। फिल्मका निर्माता तथा निर्देशक नवल खड्काले आज (आइतबार) सामाजिक सञ्जालमार्फत नयाँ पोस्टरसहित प्रदर्शन मिति सार्वजनिक गरेका हुन्।

सार्वजनिक पोस्टरमा खड्का खुकुरी समातेर उभिएको देख्न सकिन्छ। फिल्म नेपाल र भारतको सीमाना काँडेतार लगाइनुपर्छ भन्ने विषयमा आधारित छ। यसअघि सेन्सर बोर्डले फिल्ममा भएका केही संवाद र दृश्यमा आपत्ति जनाएको थियो।

पछि ती दृश्य तथा संवादहरू हटाएपछि सेन्सर पास भएको थियो। फिल्ममा नवलसँगै गौरव पहारी, सुरविना कार्की, रेबिका गुरुङ, प्रशान्त यादव, प्रेम सुब्बा, महेश गिरीलगायतको अभिनय छ। सौरभ लामाको छायांकन रहेको फिल्ममा मणि थापा र दीपक शर्माको संगीत छ।

शिवम अधिकारी र नवल खड्काको लेखन रहेको फिल्मका निर्मातामा नवलसँगै माकिको राई र अन्जु केसी छन्। फिल्ममा गायिका सत्यकला राई कार्यकारी निर्माताको भूमिकामा छिन्। फिल्म सामना फिल्मस् प्रालिको ब्यानरमा बनेको छ।

प्रकाशित: ३ असार २०८० १५:०५ | Sunday, June 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast