पाकिस्तान दूतावासको निःशुल्क स्वास्थ्य शिविर

हिमाल प्रेस २ असार २०८० १७:४८
4
SHARES
पाकिस्तान दूतावासको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौँ- नेपालस्थित पाकिस्तानी दूतावासले निःशुल्क स्वास्थ्य शिविर गरेको छ। नेपाल-पाकिस्तान मैत्री तथा सांस्कृतिक संघसँगको सहकार्यमा ललितपुरको गोदावरी नगरपालिका–३ को सिद्धेश्वर आधारभूत विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर गरेको हो।

शनिबार गरिएको स्वास्थ्य शिविरको उद्घाटन दूतावासका ‘चार्ज डी अफेयर्स’ उमैर अली र संघका अध्यक्ष मञ्जुरत्न शाक्य, गोदावरी नगरपालिकाका मेयर ज्ञानेन्द्र महर्जनलगायतले संयुक्त रूपमा गरे।

शिविरमा पाकिस्तानका विभिन्न मेडिकल कलेजबाट अध्ययन गरेका डाक्टर तथा स्टाफहरूले आवश्यक सेवा दिएका थिए। सो शिविरमा ४ सयभन्दा बढीको सहभागिता रहेको पाकिस्तानी दूतावासले जानकारी दिएको छ। ‘चार्ज डी अफेयर्स’ अलीले स्वास्थ्य शिविरले नेपाल–पाकिस्तानका जनताबीचको नजिकको सम्बन्ध देखाएको बताए।

प्रकाशित: २ असार २०८० १७:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + nineteen =