नेपालमा देखियो मंकीपक्स

हिमाल प्रेस १ असार २०८० २१:२९ | Friday, June 16, 2023
नेपालमा देखियो मंकीपक्स फाइल तस्बिर

काठमाडौँ- नेपालमा मंकीपक्स भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै एक विदेशी महिलामा मंकीपक्स भाइरस (एमपक्स) संक्रमण देखिएको पुष्टि गरेको हो।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार ६० वर्षीया विदेशी महिलामा एमपक्ससँग मिल्दोजुल्दो लक्षण देखिएपछि चिकित्सकको निगरानीमा राखिएको थियो। ती महिलाको शरीरबाट नमूना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा एमपक्स भाइरस संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार हालसम्म मंकीपक्स १११ देशमा फैलिसकेको छ। यो सरुवा रोग जनावरबाट मानिसमा वा मानिसबाट मानिसमा सर्ने गर्दछ। मंकीपक्स भाइरस संक्रमित जनावरको शरीरबाट निस्कने तरल पदार्थ अथवा रगतबाट मानिसमा सर्ने गर्छ। मानिसबाट मानिसमा भने थुकको छिटा, छाला, मुख, आँखालगायतबाट सर्छ।

प्रकाशित: १ असार २०८० २१:२९ | Friday, June 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast