पाकिस्तानी दूतावासद्वारा निबन्ध र वक्तृतामा ३२ विद्यार्थी पुरस्कृत

हिमाल प्रेस ३० जेठ २०८० २१:४२
384
SHARES
पाकिस्तानी दूतावासद्वारा निबन्ध र वक्तृतामा ३२ विद्यार्थी पुरस्कृत

काठमाडौँ-  पाकिस्तानी दूतावासले देशभरका विभिन्न विद्यालय र कलेजबाट छानिएका ३२ विद्यार्थीलाई दुई फरकफरक विधामा प्रतिस्पर्धा गराउँदै पुरस्कृत गरेको छ।
१६ जना दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का बारेमा निबन्ध लेखेर पुरस्कृत भएका छन्। देशभरका शिक्षण संस्थाबाट निबन्धलाई तीन जना निर्णायक समूहले अध्ययन गरेर पुरस्कृत गरेको हो।

यस्तै १६ जनालाई वक्तृत्वकलामा प्रतिस्पर्धा गराइएको थियो। प्रतिस्पर्धामा पनि सयौँ विद्यार्थीबाट १६ जना छानिएका थियो। निबन्ध लेखनको विषय ‘सार्क : यस क्षेत्रलाई कसरी समृद्धिका लागि प्रयोग गर्न सकिन्छ’ भन्ने थियो भने वक्तृत्वकलाको शीर्षक ‘जलवायु परिवर्तनको प्रभाव हाम्रो जीविकोपार्जनमा : दक्षिण एसियाको साझा चुनौती’ थियो। अधिकांश विद्यार्थी काठमाडौँ उपत्यकाका थिए।

एकै विद्यालयका १ सय २० जना सम्मले निबन्ध लेखेका थिए। अंग्रेजीमा लेखिएको निबन्ध र अंग्रेजीमा नै दिएको वक्तृत्वकलाको मूल्यांकन गर्न दुई पूर्वराजदूत र एक शिक्षा क्षेत्रका व्यक्तिलाई राखिएको थियो। विषयवस्तु बुझेर बोल्ने विद्यार्थीले आफूलाई अब्बल साबित गरेका थिए। निर्णायक मण्डल नै अलमलमा पर्ने गरी एकले अर्कोलाई पछि पारेका थिए। लेखनमा पनि को भन्दा को कम भन्ने थियो।

पाकिस्तान दूतावासले विगत १० वर्षदेखि निबन्ध लेखन र ६ वर्षदेखि वक्तृत्वको प्रतिस्पर्धा गराउँदै आएको छ। यसका अतिरिक्त पनि विभिन्न खेल प्रतियोगिता र विद्यालय लक्षित कार्यक्रम गरिरहेको छ।

दुवै विधाका प्रथम, द्वतीय र तृतीयलाई क्रमशः चालीस हजार, तीस हजार र २५ हजार नगदसहित पदक र सोभिनियार प्रदान गरिएको छ भने अन्य १३ जनालाई ५ हजार नगद र सोभिनियर उपलब्ध गराइएको छ। सोमबार आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएर राजनीतिक भेटघाटमा जुटेका राजदूत अबरर एच हस्मीले परराष्ट्रमन्त्री एनपी साउदलार्य भेटेर आए लगत्तै विद्यार्थीलाई पुरस्कार वितरण गरेका थिए। उनले विद्यार्थीको आलोचनात्मक सोचाइको विकास हुन जरुरी रहेको बताए।

युवाहरूबीचको अन्तरक्रियाले नै मुलुक-मुलुकलाई जोड्ने गरेको भन्दै उनले युवाको शिक्षामा लगानी उपयुक्त हुने औँल्याए। उनले सार्क र अन्य क्षेत्रको उदाहरण दिँदै जलवायु परिवर्तन र वर्तमान सार्कको अवस्थाबारेमा युवा जानकार रहेका स्पष्ट भएको बताए। उनले भने, ‘युवा नै मुलुकको धडकन हो, भविष्य हो। यसलाई भुलेर मुलुकको उन्नति हुँदैन। शिक्षामा युवालाई प्रेरित गर्नैपर्छ।’

प्रकाशित: ३० जेठ २०८० २१:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + twelve =