आरएमडीसी र साना किसान लघुवित्तले २७.३६ प्रतिशत लाभांश दिने

हिमाल प्रेस २० मंसिर २०७९ १३:२०
4
SHARES
आरएमडीसी र साना किसान लघुवित्तले २७.३६ प्रतिशत लाभांश दिने

काठमाडौँ– मर्जरको सहमति गरेका आरएमडीसी र साना किसान लघुवित्तले आकर्षक लाभांशको प्रस्ताव पारित गरेका छन्। मर्जरको समझदारीपत्रमा हस्ताक्षर गरेर अगाडिको प्रक्रिया सुस्त देखिएका आरएमडीसी लघुवित्त र साना किसान विकास लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरणको तयारी थालेका हुन्।

आरएमडीसी लघुवित्त सञ्चालक समितिको सोमबारको बैठकले कुल चुक्ता पुँजी १ अर्ब २४ करोडको २७.३६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो। आरएमडीसीले २६ प्रतिशतले हुन आउने ३२ करोड २६ लाख बराबरको बोनस सेयर वितरण गर्नेछ। त्यस्तै लाभांश प्रयोजनका लागि १.३६ प्रतिशतले हुन आउने १ करोड ६९ लाख बराबरको नगद लाभांश दिने निर्णय गरेको छ।

आरएमडीसी लघुवित्तले अघिल्लो आर्थिक वर्ष २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी २५ प्रतिशत लाभांश वितरण गरेको थियो। त्यस्तै साना किसान विकास लघुवित्तले गत आर्थिक वर्षको चुक्ता पुँजी १ अर्ब ५६ करोडको २७.३६ प्रतिशत लाभांश वितरण गर्ने भएको हो।

जसमध्ये साना किसानले २६ प्रतिशतले हुन आउने ४० करोड ६७ लाख बोनस सेयर र कर प्रयोजनका लागि १.३६ प्रतिशतले हुने २ करोड १४ लाख बराबरको नगद लाभांश वितरण गर्ने जनाएको छ। साना किसानले गत आवमा २५ प्रतिशत बोनस सेयर र १.३१ प्रतिशत नगद गरी २६.३१ प्रतिशत लाभांश दिएको थियो। दुवै लघुवित्तको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ।

प्रकाशित: २० मंसिर २०७९ १३:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + fifteen =