नबिल इन्भेष्टमेन्ट बैंकिङ र यूनाइटेड अजोड इन्स्योरेन्सबीच सम्झाैता

हिमाल प्रेस २९ जेठ २०८० १९:१०
6
SHARES
नबिल इन्भेष्टमेन्ट बैंकिङ र यूनाइटेड अजोड इन्स्योरेन्सबीच सम्झाैता

काठमाडौँ- नबिल इन्भेष्टमेन्ट बैंकिङ कम्पनीले यूनाइटेड अजोड इन्स्योरेन्सको सेयर रजिस्ट्रारको काम गर्ने भएको छ। त्यसका लागि दुवै कम्पनीले सेयर रजिस्ट्रारसम्बन्धी सम्झौता गरेका छन्।

यूनाइटेड इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्स कम्पनीले गत जेठ १४ गतेबाट ‘यूनाइटेड अजोड इन्स्योरेन्स’ नामबाट एकिकृत कारोबार सुरु गरेका थिए।

यससँगै अब कम्पनीको धितोपत्र कारोबारसम्बन्धी अभिलेख, सेयर दाखिल खारेज, नामसारी लगत अद्यावधिकलगायत सम्पूर्ण कार्य नबिल इन्भेष्टमेन्ट बैकिङबाट गरिने कम्पनीले जानकारी दिएको छ।

प्रकाशित: २९ जेठ २०८० १९:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =