दराज नेपाल र एनएमबि बैंकबीच सम्झौता

हिमाल प्रेस २८ जेठ २०८० १८:०७
4
SHARES
दराज नेपाल र एनएमबि बैंकबीच सम्झौता

काठमाडौँ- अनलाइन सपिङ प्लेटफर्म दराज र एनएमबि बैंकबीच सम्झौता गरिएको छ। दुवै कम्पनीबीच कर्जा सुविधासम्बन्धी सम्झौता गरिएको हो। सम्झौताअनुसार ‘दराज एनएमबी सजिलो कर्जा’मा विक्रेताले विनाधितो ऋण पाउनेछन्।

विक्रेतालाई कर्जाको सहज पहुँच प्रदान गरी व्यवसाय विस्तार गर्न र वृद्धिका नयाँ अवसर प्राप्त गर्न सक्षम बनाउने अपेक्षा गरिएकाे छ। सम्झौतामा दराज नेपालका प्रबन्ध निर्देशक आचल कुँवर र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार उद्यमशीलता गर्न चाहनेले ऋण लिन पाउनेछन्। दराज प्लेटफर्मका विक्रेताले व्यावसायिक आवश्यकताअनुसार ५ लाख रुपैयाँसम्मको ऋण पाउनेछन्।

प्रकाशित: २८ जेठ २०८० १८:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − seven =