मध्यपुर युथ एसोसिएसनले सुरु गर्‍याे ‘ग्रासरुट फुटबल’ तालिम

हिमाल प्रेस २७ जेठ २०८० १५:२३ | Saturday, June 10, 2023
मध्यपुर युथ एसोसिएसनले सुरु गर्‍याे ‘ग्रासरुट फुटबल’ तालिम

भक्तपुर- मध्यपुर युथ एसोसिएसनले ग्रासरुट फुटबल अभियान सुरु गरेकाे छ। मध्यपुर थिमीस्थित एसोसिएनको कार्यालयमा शनिबार एक कार्यक्रमकाबीच मध्यपुर नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठले अभियान उद्घाटन गरेका हुन्।

एसोसिएसनका अध्यक्ष तथा नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान उपेन्द्रमान सिंहले यो अभियानअन्तर्गत सुरुवातमा साप्ताहिक रूपमा आधारभूत फुटबल प्रशिक्षण दिने, लिग प्रतियोगिता सञ्चालन गर्ने र क्षमतावान खेलाडीलाई एकेडेमीमै राखेर थप प्रशिक्षणको व्यवस्था मिलाइने जानकारी दिए।

अहिले साप्ताहिक रूपमा हरेक शनिबार डेढ घण्टा फुटबल सिकाइने उनले बताए। उनका अनुसार अहिले ६ देखि १३ वर्षसम्मका ११० जना बालबािलका प्रशिक्षणमा छन्।

उनीहरूलाई उपेन्द्रमान सिंह, ख्यातीप्राप्त प्रशिक्षक बालगोपाल महर्जन, राष्ट्रिय टिमका पूर्वकप्तान राकेश श्रेष्ठ, राष्ट्रिय टिमका पूर्वरक्षक तथा प्रशिक्षक राजेश मानन्धरसहित थप १२ जना प्रशिक्षकले प्रशिक्षण दिनेछन्।

प्रशिक्षण वर्षभरी नै सञ्चालन गर्ने लक्ष रहे पनि वर्षाका कारण २ महिना सञ्चालन गर्न कठिनाइ हुने देखिएको अध्यक्ष सिंहले बताए। कार्यक्रममा चर्च ब्वाइज क्लबलाई ए डिभिजन लिग च्याम्पियन बनाउने प्रशिक्षक बालगोपाल महर्जनलाई सम्मान पनि गरिएको थियो।

प्रकाशित: २७ जेठ २०८० १५:२३ | Saturday, June 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast