
काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संयुक्त राज्य अमेरीका लगायत विभिन्न मुलुकमा फेलोसिपमा अध्ययन गर्न जाने नेपाली चिकित्सक/स्वास्थ्यकर्मीको लागि आवश्यकताको पत्र जारी गर्ने सम्पूर्ण प्रक्रिया चिकित्सा शिक्षा आयोगबाट सञ्चालन हुने जनाएको छ।
मन्त्रालयले विज्ञप्ति जारी गर्दै आवश्यकताको पत्र प्रदान गर्ने प्रकृयालाई थप व्यवस्थित र एकद्वार बनाउनका लागि उक्त पत्र जारी गर्ने सम्पूर्ण प्रक्रिया चिकित्सा शिक्षा आयोगबाट हुने जनाएको हो। मन्त्रालयले मन्त्रीस्तर निर्णय भएकाले अब उपरान्त आवश्यकताको पत्र आयोगबाट जारी हुने जनाएको छ।
प्रकाशित: २३ जेठ २०८० १९:२५
प्रतिक्रिया