‘रियलमी नार्जो एन ५५ र एन ५३’ सार्वजनिक

हिमाल प्रेस २१ जेठ २०८० १६:१६
‘रियलमी नार्जो एन ५५ र एन ५३’ सार्वजनिक

काठमाडौँ- रियलमीले नेपालमा दुई नयाँ स्मार्टफोन मोडल सार्वजनिक गरेको छ। कम्पनीले नयाँँ पुस्ता अर्थात जेन–जिलाई लक्षित गर्दै नार्जो एन ५५ र नार्जो एन ५३ सार्वजनिक गरेको हो। आफ्नो एन सिरिजका स्मार्ट फोनले विविधता र नयाँपन दिँदै आएको दाबी कम्पनीले गरेको छ।

स्मार्ट फोन सार्वजनिक कार्यक्रममा रियलमीका कन्ट्री हेड मुनिष गिरीले नेपालमा स्मार्ट फोनको नयाँ लाइनअप ल्याएको घोषणा गरे। ‘रियलमी नार्जो एन ५५ र एन ५३’ सँगै नेपालमा स्मार्टफोनको नयाँ लाइनअप ल्याएको घोषणा गर्न पाउँदा मलाई खुसी लागेको छ,’ उनले भने, ‘नार्जो एन ५३ रियलमीको अहिलेसम्मकै सबैभन्दा स्लिम एन्ट्रीलेभल अलराउन्डर हो। यो फोन जति स्लिम छ त्यति नै शक्तिशाली पनि छ।’

साथै, रियलमी नार्जो एन ५५ ले नेक्स्ट–जेन पावरहाउसको रूपमा स्मार्टफोन अनुभवलाई शानदार र सशक्त बनाउने उनले बताए। ‘७.४९ इन्चको अल्ट्रा स्लिम बडी भएको नार्जो एन ५३ अहिलेसम्मकै सबैभन्दा स्लिम एन्ट्री लेभल राउन्डर हो,’ गिरीले भने।

दुवै स्मार्ट फोनहरू देशभरका अनलाइन र आधिकारिक विक्रेतामार्फत खरिद गर्न सकिने कम्पनीले बताएको छ। कम्पनीका अनुसार ४+६४ जीबी स्टोरेज क्षमता भएको नार्जो ५३ मोडलको मूल्य १५ हजार ९ सय ९९ रुपैयाँ र ६+१२८ भेरियन्टको मूल्य १८ हजार ९ सय ९९ रुपैयाँ रहेको छ। त्यस्तै ४+६४ जीबी स्टोरेज क्षमताको नार्जो एन ५५ को मूल्य २० हजार ४ सय ९९ र ६+१२८ भेरियन्टको मूल्य २४ हजार ४ सय ९९ रुपैयाँ रहेको छ।

प्रकाशित: २१ जेठ २०८० १६:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =