नागरिकता विधेयकपछि प्रमाणीकरणपछि लिङ्देनको आक्रोश- छिछि गोटीहरू

हिमाल प्रेस १७ जेठ २०८० १७:४२ | Wednesday, May 31, 2023
नागरिकता विधेयकपछि प्रमाणीकरणपछि लिङ्देनको आक्रोश- छिछि गोटीहरू फाइल तस्बिर- हिमाल प्रेस

काठमाडौँ- नागरिकता विधेयक प्रमाणीकरण गरेकोमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आपत्ति जनाए। तत्कालीन राष्ट्रपति विद्या भण्डारीले प्रमाणीकरण नगरी रोकेर राखिदिएको नागरिकता विधेयक अहिलेका राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेपछि लिङ्देनले आक्रोश व्यक्त गरेका हुन्।

उनले सत्ता गठबन्धनप्रति आक्रोश पोख्दै आफूहरूले त्यसै राजा चाहिन्छ नभनेको बताएका छन्।

‘छिछि गोटीहरू ! सत्ता स्वार्थका लागि यो तहको आत्मसमर्पण? हामीले राष्ट्रपति हैन राजा त्यसै भनेका होइनौं ! अब ढिलो नगरौं !’ उनले भनेका छन्।

प्रकाशित: १७ जेठ २०८० १७:४२ | Wednesday, May 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast