गौरीघाटमा छठको रौनक [फोटो फिचर]

दिपेश श्रेष्ठ १३ कार्तिक २०७९ ५:०९ | Sunday, October 30, 2022
गौरीघाटमा छठको रौनक [फोटो फिचर]

काठमाडौँ- आज आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठीमाताको पूजा गरिएको छ। ताल तलैया, नदी किनार, पोखरीमा घाट बनाएर पूजा गरेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइन्छ। मिथिला क्षेत्रमा मात्रै मनाइने छठ पछिल्लो समय पहाडी क्षेत्रमा पनि मनाउन थालिएको छ। काठमाडौँमा पनि छठ धुमधामका साथ मनाइएको छ।  छठ पर्वका लागि काठमाडौंको गुह्येश्वरी गौरीघाट क्षेत्र, कमलपोखरी, यहाँका नदीहरू बागमती,विष्णुमतीलगायत ठाउँमा घाट बनाइएको छ। भक्तजनहरूले त्यहीँ पुगेर पूजाआजा गरे।

छठका बर्तालुले कार्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन्।  छठमा व्रत बसेमा दुःख र दरिद्रताबाट मुक्ति पाइने जनविश्वास छ। आज आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो भने सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठको पूजा समापन गरिन्छ।

प्रकाशित: १३ कार्तिक २०७९ ५:०९ | Sunday, October 30, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast