विराटनगरमा आयोजित ‘एनसेल कन्सर्ट’मा रमाए दर्शक

हिमाल प्रेस १४ जेठ २०८० २०:१३ | Sunday, May 28, 2023
विराटनगरमा आयोजित ‘एनसेल कन्सर्ट’मा रमाए दर्शक

काठमाडौँ- एनसेल आजियाटा लिमिटेडले शनिबार विराटनगरको हाटखोला मैदानमा कन्सर्ट आयोजना गरेको थियो। कन्सर्टमा दर्शकहरूले चर्चित कलाकार तथा सांगीतिक समुहहरूको प्रस्तुति गाउँदै, नाच्दै र झुम्दै मनोरञ्जन लिएका थिए।

सदावहार दिपक बज्राचार्य एन्ड रिदम ब्यान्डदेखि आषिश राना (लाउरे), द एलिमेन्ट्स, शिव परियार, अस्मिता अधिकारी, सुनिल पण्डित सबैले आ–आफ्ना प्रस्तुतिका साथ दर्शकहरूलाई मनोरञ्जन गराएका थिए। कलाकार केकी अधिकारीको नृत्यले कन्सर्टलाई थप रौनक बनाएको थियो।

सांगीतिक कार्यक्रममा झुम्न पाएका विराटनगरका दर्शकहरूको उत्साहले कार्यक्रमलाई थप भव्य बनाएको थियो। दिउँसो केही गर्मी भए पनि दर्शकहरूले अस्मिता अधिकारी र सुनिल पण्डितका गीत गाउँदै नाचेका थिए।

द एलिमेन्ट्सको प्रस्तुतिले दर्शकहरूमा झनै ऊर्जा थपिदिएको थियो। द एलिमेन्ट्सले ऊर्जा, सपनाको मायालु, बिर्सिने हौ किलगायत आफ्ना हिट गीतहरूका साथ दर्शकहरूलाई संगीतमा डुबाउँदै झुमायो। धोकेबाज हौ तिमी, क्या दामी भो, पिलायो साथीलेजस्ता लोकप्रिय गीतका साथ कलाकार शिव परियारले विराटनगर बासीलाई नचाए।

‘रमाऔँ सधै सँगै’ नारासहित आयोजना गरिएको सांगीतिक कार्यक्रमले विराटनगरका एनसेलका ग्राहकलाई मनोरञ्जन प्रदान गरिएको थियो। देश विदेशमा रहेका सबैसँग फेसबुक लाईभमार्फत जोडिए खुसी साटासाट गरिएको पनि एनसेलले बताएको छ। ग्राहक सुविधाका लागि कार्यक्रमस्थलमा एनसेलको स्टलका साथै अन्य फुड स्टलहरू पनि राखिएका थिए।

यस अघि एनसेलले नयाँ वर्ष २०८० को अवसरमा वैशाख २ गते शनिवार काठमाडौँको दरवारमार्गमा ‘एनसेल प्रिजेन्टस् १६औँ दरबारमार्ग सडक महोत्सव पर्पल स्याटर्डे’ कार्यक्रम गरेको थियो।

आफ्ना कार्यक्रमले अर्थतन्त्र, पर्यटन व्यवसायको पुनरुत्थानमा सहयोग पुग्ने एनसेल कम्पनीको भनाइ छ।

प्रकाशित: १४ जेठ २०८० २०:१३ | Sunday, May 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast