काठमाडौँ उपत्यकामा मनाइयो भोटो जात्रा (तस्बिरहरू)

दिपेश श्रेष्ठ ११ जेठ २०८० १८:०१ | Thursday, May 25, 2023
काठमाडौँ उपत्यकामा मनाइयो भोटो जात्रा (तस्बिरहरू)

काठमाडौँ- काठमाडौँ उपत्यकामा वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मत्स्येन्द्रनाथको जात्रा मनाइएको छ। बिहीबार अपराह्न ४ बजे जावलाखेलमा भोटो देखाइएको हो। राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाललगायत सरकारका उच्च अधिकारीहरूले भोटो जात्रा अवलोकन गरेका छन्।

रातो मत्स्येन्द्रनाथको जात्रा नेपालमा मनाइने जात्रामध्येकै सबैभन्दा लामो जात्रा हो। मत्स्येन्द्रनाथको रथ यात्रा वैशाख शुक्ल प्रतिपदामा सुरु भएर आषाढ शुक्ल चतुर्थीसम्म चल्छ।

पुल्चोकमा रथारोहण गरी सुरु भएको मत्स्येन्द्रनाथको रथयात्रा गाःबाहल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावलाखेलमा पुर्‍याएर भोटो देखाइन्छ। यससँगै मत्स्येन्द्रनाथलाई सानो खटमा राखी बुंगमतीमा लगिएपछि जात्रा समापन हुन्छ। पौराणिक कथनअनुसार १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्र देवले यो जात्राको सुरुवात गराइएको किंवदन्ती छ।

प्रकाशित: ११ जेठ २०८० १८:०१ | Thursday, May 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast