राष्ट्रियसभामा प्रचण्ड पोज

दिपेश श्रेष्ठ ९ जेठ २०८० १६:१३ | Tuesday, May 23, 2023
राष्ट्रियसभामा प्रचण्ड पोज

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार राष्ट्रियसभा बैठकमा सम्बोधन गरेका छन्। प्रधानमन्त्रीले सरकारको नीति तथा कार्यक्रमका सम्बन्धमा सांसदहरूबाट उठाइएको प्रश्नको जबाफ दिएका हुन्। उनले नीति तथा कार्यक्रमले देशका विद्यमान चुनौतीको समाधान गर्दै सुशासन, सामाजिक न्याय र समृद्धिको राष्ट्रिय आकांक्षा हासिल गर्ने उद्देश्य लिएको बताए।

नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट पारित भएको छ। राष्ट्रियसभाको मंगलबारको बैठकले उक्त नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो। बैठकले सांसद तुलसाकुमारी दाहाल, विमला घिमिरे र डा. बिमला राई पौड्यालले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो।

त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति कार्यक्रममाथि सांसदले राखेका जिज्ञासाको जवाफ दिएका थिए। राष्ट्रियसभाको अर्को बैठक जेठ १४ बजे बस्नेछ।

प्रकाशित: ९ जेठ २०८० १६:१३ | Tuesday, May 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast