विज्ञ भन्छन् : लगानीको ढाँचा नयाँ भए विदेशी लगानी आउँछ

हिमाल प्रेस २९ वैशाख २०८० १८:०४
4
SHARES
विज्ञ भन्छन् : लगानीको ढाँचा नयाँ भए विदेशी लगानी आउँछ

काठमाडौँ– नयाँ खालका लगानीको ढाँचा अपनाए मुलुकमा विदेशी लगानी आउने विज्ञहरूले बताएका छन्।
नेपालका लागि वित्तीय लगानी सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन, २०२३ को तेस्रो सत्र ‘डेभलपमेन्ट फाइनान्सिङ इन नेपालः इन्स्ट्रुमेन्ट एण्ड स्कोपमा सहभागी विज्ञहरूले मिश्रित लगानीको ढाँचा अपनाए विदेशी लगानी बढ्ने बताएका हुन्।

स्ट्यान्डर्ड चार्टर्ड बैंकका सस्टेनेबिलिटी बोन्डका प्रबन्ध निर्देशक राजिव सेठले परम्परागत फाइनान्सिङ मोडलभन्दा ‘ब्लेन्डेड फाइनान्सिङ खालको मोडल अपनाउनु आवश्यक भएको बताएका छन्।

‘कुनै पनि मुलुकमा वैदेशिक लगानी भित्र्याउनको लागि स्थिर खालको नीति मात्रै होइन। स्वच्छ खालका वित्तीय संस्थाको पनि आवश्यकता पर्दछ,’ उनले भने ‘सरकारले सहज खालको नीति बनाएर प्रवद्र्धन गर्ने खालको नीति अंगीकार गरेको खण्डमा मात्रै वैदेशिक लगानी भित्र्याउन सकिन्छ।’

सेठले विदेशीले लगानी गरिसकेपछि सहजै प्रतिफल आफ्नो देशमा फिर्ता लैजान पाउने व्यवस्था गर्नुपर्ने बताए। ‘बंगलादेश विदेशी लगानीमा ठूला पूर्वाधारहरुको विकास भएको छ,’ उनले भने ‘नेपालले पनि आवश्यक नीति तथा कानुन तर्जुमा गरेर वैदेशिक लगानी भित्राउनेतर्फ प्रयास गर्न जरुरी छ।’

बिजनेश अक्सिजन प्रालिका प्रमुख कार्यकारी अधिकृत सिद्धान्तराज पाण्डेले कार्यपत्र प्रस्तुत गर्दै नेपालले नयाँ खालका लगानीका क्षेत्र पहिचान गरेर वैदेशिक लगानी भित्र्याउनुपर्ने बताए। उनले नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा भएकाले सोहीअनुरुपका पूर्वाधार निर्माण गर्न आवश्यक भएको बताए।

राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक रामु पौडेलले नेपालमा वैदेशिक लगानीसम्बन्धी कानुन दक्षिण एसियाली मुलकको तुलनामा लचिलो भएकाले अन्तर्राष्ट्रिय लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न अनुरोध गरे। ‘हामीले वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन समय सापेक्ष रूपमा तयार पारेका छौँ,’ उनले भने।

अर्थ मन्त्रालयका सहसचिव सुमन दाहालले विकास निर्माणको लागि ठूलो स्रोतको अभाव रहेको बताउँदै अन्तर्राष्ट्रिय मञ्चहरूबाट स्रोतको व्यवस्थापन गर्नुपर्ने बताए।

अर्थशास्त्री कल्पना खनालले अन्तर्राष्ट्रिय मञ्चमा गरेका प्रतिबद्धतालाई अक्षरंश पालना गरेको खण्डमा विदेशी मुलुकबाट विभिन्न स्रोत व्यवस्थापन गर्न सकिने बताइन्।

प्रकाशित: २९ वैशाख २०८० १८:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + sixteen =