‘टुल्की’ को ट्रेलर सार्वजनिक (भिडियोसहित)

हिमाल प्रेस २९ वैशाख २०८० १६:०५ | Friday, May 12, 2023
‘टुल्की’ को ट्रेलर सार्वजनिक (भिडियोसहित)

काठमाडौँ– आगामी जेठ १२ गतेदेखि प्रदर्शन हुने फिल्म ‘टुल्की’ को ट्रेलर सार्वजनिक गरिएको छ। आज(शुक्रबार) टिपिजी मुभी युट्युब च्यानलबाट ट्रेलर सार्वजनिक गरिएको हो।

हिमाली क्षेत्रमा प्रचलित बहुपतिप्रथामा आधारित फिल्ममा शिशिर बाङ्देल, स्वस्तिमा कार्की, सोम लामा, हिमाली हमाल, रत्न प्रसाद न्यौपाने, शेखर लामा, लक्ष्मी देवकोटा, भक्तसिंह कठायत, नरेन्द्र तामाङ, सोफिया लिम्बु, सौजन सुब्बालगायत कलाकारको अभिनय छ।

देव थापाले निर्देशन गरेको फिल्मका निर्माता आरपी कर्माचार्य र उजेली लामा हुन्। सुशील अधिकारी र नवराज घिमिरेले छायांकन गरेको फिल्म ‘द पाल्म गुप्र प्रालि’को ब्यानरमा बनेको छ।

प्रकाशित: २९ वैशाख २०८० १६:०५ | Friday, May 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast