घुम्ने होइन त राजधानीका पार्क? (फोटो फिचर)

हिमाल प्रेस १६ वैशाख २०८० १३:०८ | Saturday, April 29, 2023
घुम्ने होइन त राजधानीका पार्क? (फोटो फिचर)

काठमाडौँ- धुलो धुँवा भीडभाड र कोलाहलपूर्ण काठमाडौँमा सुन्दर र शान्त अनि खुला ठाउँ कहाँ होला?

धेरैलाई काठमाडौँ सहर घुम्दा यस्तै लाग्छ। तर काठमाडौँमा थोरै भएपनि यस्ता सुन्दर र शान्त अनि खुला ठाउँ छन्। तर व्यवस्थित हुन भने
सकेको छैन।

संरक्षण र व्यवस्थापनको अभावमा पार्कहरू छिन्नभिन्न छन्। २०७२ सालको विनाशकारी भूकम्पपछि राजधानीमा खुला ठाउँको महत्व बढेको छ।

सरकारी र निजी क्षेत्र सहरका खुला ठाउँ संरक्षण गर्न र पार्क व्यवस्थित गर्न लागेका छन्। पार्कमा घुम्ने संस्कृति पछिल्लो समय बढ्दै गइरहेको पनि छ।

भागदौडपूर्ण व्यस्त दिनचर्याबाट केही समय छुट्याएर आजकलका राजधानीवासी घुम्न निस्कन्छन्।

लामो बिदामा टाढा घुम्न जाने संस्कृति विकास भएको छ भने छोटो फुर्सदमा पार्क तथा खुला ठाउँमा टहलिने धेरै भेटिन्छन्। तर अधिकांश पार्कहरूको नियमित रूपमा मर्मत तथा व्यवस्थापन हुन सकेको छैन। आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका काठमाडौँ उपत्यकाका संरक्षण पर्खिएर बसेका पार्कहरू।

\

प्रकाशित: १६ वैशाख २०८० १३:०८ | Saturday, April 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast