बिमा कम्पनीको चुक्ता पुँजी पुर्‍याउने समय तीन महिना थप

हिमाल प्रेस १३ वैशाख २०८० १२:४३ | Wednesday, April 26, 2023
बिमा कम्पनीको चुक्ता पुँजी पुर्‍याउने समय तीन महिना थप

काठमाडौँ- बिमा कम्पनीलाई न्यूनतम चुक्ता पुँजी कायम गर्न दिइएको समयसीमा तीन महिना थप भएको छ।

नेपाल बिमा प्राधिकरणले ‘बीमक दर्ता तथा बिमा व्यवसाय सञ्चालनसम्बन्धी निर्देशिका, २०७३’ संशोधन गर्दै असार मसान्तसम्म समय थपेको हो।

यसअघि २०७९ चैत मसान्तसम्म सबै प्रकारका बिमा कम्पनीले प्राधिकरणले तोकेको सीमा बराबरको चुक्ता पुँजी पुर्‍याउने व्यवस्था थियो। प्राधिकरणले जीवन बिमा कम्पनीका लागि ५ अर्ब र निर्जीवन बिमा कम्पनीका लागि २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी कायम गर्नुपर्ने व्यवस्था गरेको छ।

१७ जीवन बिमा कम्पनीमध्ये एउटा र १६ निर्जीवन बिमा कम्पनीमध्ये तीनले मात्रै चुक्ता पुँजी पुर्‍याएका छन्।

तोकिएको समयमा अधिकांश बिमा कम्पनीको चुक्ता पुँजी पुर्‍याउन नसकेपछि निर्देशिका संशोधन गरेर समय थप गरेको प्राधिकरणले जनाएको छ।

प्रकाशित: १३ वैशाख २०८० १२:४३ | Wednesday, April 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast