वैशाख २४ मा ‘हल्कारा’को विशेष प्रदर्शनी हुने

हिमाल प्रेस १३ वैशाख २०८० १२:०० | Wednesday, April 26, 2023
वैशाख २४ मा ‘हल्कारा’को विशेष प्रदर्शनी हुने

काठमाडौँ- विक्रम सापकोटाको निर्देशन रहेको फिल्म ‘हल्कारा’का विशेष प्रदर्शनी हुने भएको छ। वैशाख २४ मा साँझ ५ बजे काठमाडौँ, सुन्धारास्थित सीटीसी मलमा रहेको सीडीसी सिनेमामा फिल्म देखाइनेछ। सामाजिक सञ्जालमा सक्रिय फिल्मप्रेमीको समूह ‘मुभी लभर्स’को आयोजनामा विशेष सो भइरहेको हो।

महेश त्रिपाठी र विनिता थापामगर मुख्य भूमिकामा रहेको फिल्मको टिजर र ट्रेलर दुई साताअघि सार्वजनिक भएको थियो। टिजर आकर्षक रहको छ। ट्रेलरले पनि दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ। अन्तर्राष्ट्रियस्तरमा थुप्रै अवार्ड जितिसकेको ‘हल्कारा’ अमेरिकाको ‘वर्ल्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभल’ मा उत्कृष्ट फिल्म घोषित भएको थियो। त्यस्तै महेश त्रिपाठीले फिल्मका लागि उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए। त्यस्तै चिन्तन राजभण्डारीले सर्वोत्कृष्ट छायांकारको अवार्ड जिते।

फिल्मले ‘नेपाल अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’मा सर्वोत्कृष्ट न्यारेटिभको अवार्ड पनि हात पारेको थियो। ‘हल्कारा’ एउटा हुलाकीको कथा हो। द्वन्द्वकालीन समयको कथा बोकेको फिल्ममा महेश र विनिताबाहेक उमेश तामाङ, पशुपति राई, स्व। दीपक क्षेत्री, विद्या कार्कीलगायत कलाकारको अभिनय छ।

विशेष प्रदर्शनीपछि फिल्मको टोलीसँग बसेर छलफल गर्ने कार्यक्रम पनि रहेको छ। कोरोना महामारीका कारण ‘हल्कारा’को प्रदर्शन मिति पछि सरेको थियो। अन्ततः वैशाख २९ मा फिल्म देशभर रिलिज हुँदै छ।

प्रकाशित: १३ वैशाख २०८० १२:०० | Wednesday, April 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast