फिल्म ‘काँडेतार’लाई सेन्सर बोर्डले दिएन प्रदर्शनको अनुमति

हिमाल प्रेस १२ वैशाख २०८० १२:०३ | Tuesday, April 25, 2023
फिल्म ‘काँडेतार’लाई सेन्सर बोर्डले दिएन प्रदर्शनको अनुमति

काठमाडौँ- नेपाल सरकारले फिल्म ‘काँडेतार’को प्रदर्शनमा रोक लगाएको छ। सोमबार सेन्सर बोर्डले फिल्मबारे थप छलफल गर्नुपर्ने भन्दै सर्टिफिकेट नदिएको निर्माण टिमले जनाएको छ।

सेन्सर सर्टिफिकेट प्राप्त भएपछि मात्र फिल्म हलमा प्रदर्शन गर्न पाइन्छ। निर्माण टिमका अनुसार सेन्सर बोर्डले फिल्ममा भएका खुला सीमाका कारण सीमा क्षेत्रमा भइरहेका अपराध, नागरिकमाथिको अत्याचारविरुद्ध नेपाली जनताको प्रतिरोधमा आधारित फिल्मका संवाद र दृश्यमा आपत्ति जनाएको छ।

फिल्म निर्माण टिमले सेन्सर बोर्डसँग कुनै पनि दृश्य र संवाद नकाटेर चलचित्र प्रदर्शन गर्न पाउनु पर्ने अडान राखेको छ। जनताको देशभक्तिपूर्ण भावनालाई बुझेर काँडेतार चलचित्र प्रदर्शन गर्न सर्टिफिकेट नदिए न्यायका लागि अदालत जाने निर्माण टिमले जनाएको छ।

शिवम् अधिकारी र नवल खड्काको लेखन रहेको ‘काँडेतार’ फिल्मका निर्माता माकिको राई र अन्जु केसी हुन्। फिल्ममा गायिका सत्यकला राई कार्यकारी निर्माताको भूमिकामा छिन्।

सौरभ लामाको छायांकन रहेको फिल्ममा मणि थापा र दीपक शर्माको संगीत छ। फिल्ममा नवलसँगै गौरव पहारी, सुरविना कार्की, रेबिका गुरुङ, प्रशान्त यादव, प्रेम सुब्बा, महेश गिरीलगायतको अभिनय छ।

प्रकाशित: १२ वैशाख २०८० १२:०३ | Tuesday, April 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast