उपत्यकाका भूमिहीन नेवारलाई लालपुर्जा दिने मन्त्री चौधरीको घोषणा

हिमाल प्रेस ५ वैशाख २०८० १९:१३ | Tuesday, April 18, 2023
उपत्यकाका भूमिहीन नेवारलाई लालपुर्जा दिने मन्त्री चौधरीको घोषणा संसद् बैठकमा सम्बोधन गर्दै मन्त्री रञ्जिता श्रेष्ठ चौधरी।

काठमाडौँ- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रन्जिता श्रेष्ठ चौधरीले काठमाडौँ उपत्यकाका भूमिहीन नेवार समुदायलाई जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) दिने घोषणा गरेकी छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सम्बोधन गर्दै मन्त्री चौधरीले भनिन्, ‘उपत्यकाका मूलबासी लाखौँ नेवारहरू लालपुर्जाविहीन छन्। काठमाडौँका नेवारलाई किन भूमिहीन देखेन राज्यले? प्रश्न भने गम्भीर छ। त्यसैले उपत्यका नेवारहरूलाई लालपुर्जा प्रदान गर्ने पनि मेरो लक्ष्य छ।’

देशभरका सबै भूमिहीनलाई आफ्नै पालामा लालपुर्जा वितरण गर्ने दाबी पनि उनले गरेकी छन्।  यस्तै उनले सहकारीबाट सर्वसाधारणलाई ठगिन नदिन र त्यसलाई जनताप्रति उत्तरदायी बनाउन तत्काल विज्ञहरु सम्मिलित कार्यदल बनाएर काम गर्ने बताएकी छन्।

उनले भनिन्, ‘सहकारीबाट जनता ठगीको सुनासो छ। कसरी सहकारीलाई जनताप्रति उत्तरदायी बनाउने विस्तृत अध्ययनका लागि विज्ञहरु सम्मिलित एउटा कार्य दल तुरुन्त बनाउनेछु।’

मन्त्री चौधरीले काठमाडौँ, ललितपुर र भक्तपुरको गुठी समस्या समाधानका लागि छिट्टै कार्यविधि तयार गर्ने योजना रहेको पनि उनले सुनाइन्। उनले काठमाडौं, ललितपुर र भक्तपुरमा देखिएको गुठी समस्या समाधानका लागि छिट्टै कार्यविधि बनाएर पहल गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

प्रकाशित: ५ वैशाख २०८० १९:१३ | Tuesday, April 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast