लघुवित्त पीडित र प्रहरीबीच झडप

हिमाल प्रेस ३ वैशाख २०८० १७:४३
8
SHARES
लघुवित्त पीडित र प्रहरीबीच झडप फाइल तस्बिर

काठमाडौँ- लघुवित्त संस्थाबिरुद्ध आन्दोलनरत लघुवित्त पीडित र प्रहरीबीच सुनसरीको इनरुवामा झडप भएको छ। आइतबार सुनसरीको इनरुवामा लघुवित्त संस्थाको विरोधम उत्रिएका लघुवित्त पीडित र प्रहरीबीच झडप भएको हो। लघुवित्त पीडितहरूले तीन घण्टा बढी समय सडक अवरोध जारी राखेपछि प्रहरीले सडक खुला गर्ने क्रममा झडप भएको थियो।

प्रहरीले यातायात सञ्चालनमा अवरोध नगरी आन्दोलन गर्न भने पनि आन्दोलनकारीले अटेर गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो। सडक खुला गर्ने क्रममा आन्दोलनकारी पक्षले सुरक्षाकर्मीमाथि ढुङ्गामुढा थालेपछि प्रहरीले बल प्रयोग गर्दा दुवैतर्फका केही घाइते भएका छन्।

आन्दोलनका कारण पूर्व—पश्चिम राजमार्गअन्तर्गत इनरुवा बसचोक खण्डमा दिनभर सवारी सञ्चालन हुन सकेको छैन। आन्दोलनकारी बिहानैबाट सडकमै सुतेका थिए। आन्दोलनमा सहभागी अधिकांश महिला भएकाले समेत प्रहरी लामो समय संयमता अपनाएको थियो। आफूहरूको आन्दोलनमा प्रहरी दमन भएको भन्दै आन्दोलनकारीले आन्दोलनका कार्यक्रमलाई थप सशक्त बनाउने चेतावनी दिएका छन्।

प्रकाशित: ३ वैशाख २०८० १७:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast