यो व्यवस्था खतरामा छ भन्ने प्रधानमन्त्रीले जवाफ दिनुपर्छ : ठाकुर गैरे

हिमाल प्रेस ३ वैशाख २०८० १३:५८ | Sunday, April 16, 2023
यो व्यवस्था खतरामा छ भन्ने प्रधानमन्त्रीले जवाफ दिनुपर्छ : ठाकुर गैरे

काठमाडौँ- राजनीतिक व्यवस्थामाथि संकट आएको भनेर प्रधानमन्त्रीले बोलेको कुरामाथि प्रतिनिधिसभा बैठकमा एमाले सांसद ठाकुर गैरेले टिप्पणी गरेका छन्। उनले प्रधानमन्त्रीले यो व्यवस्था संकटमा पर्‍यो, उल्टिन लाग्यो भनेर के सन्देश दिन खोज्नुभएको हो भन्दै प्रश्न गरे।

आइतबारको प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले भने, ‘यो सार्वभौम सदन चलिरहेको बेलामा यो व्यवस्थामाथि संकट आएको हो भने सदनमा प्रधानमन्त्री आउनुपर्‍यो, सदनलाई जानकारी गराउनुपर्‍यो। सदन सूचीत हुनुपर्‍यो कसले यो व्यवस्था उल्टाउन खोजीरहेको छ? के कारणले संकट पैदा भएको हो? ती सबै चुनौतीहरुलाई सामना गर्न संसद तयार हुनुपर्छ। प्रधानमन्त्रीले त्यो जानकारी सदनमा गराउनुपर्छ।’

प्रधानमन्त्री प्रचण्डले नयाँ वर्षको दिन शुभकामना दिने क्रममा पार्टी कार्यालयमा उनले अहिलेको राजनीतिक व्यवस्था संकटमा परेको बताएका थिए।

प्रकाशित: ३ वैशाख २०८० १३:५८ | Sunday, April 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast