‘कोका-कोला मोमोत्सव’ सम्पन्न

हिमाल प्रेस २९ चैत २०७९ १५:१८ | Wednesday, April 12, 2023
‘कोका-कोला मोमोत्सव’ सम्पन्न

काठमाडौँ- मःमः र पेय पदार्थ कोकको सहकार्यमा सुरु गरिएको ‘कोका–कोला मोमोत्सव’ सम्पन्न भएको छ। कोका–कोला मोमोत्सवको आठाैँ संस्करण सम्पन्न भएको हो।

‘कोक प्लस मःमःको स्टोरीजः म्याजिकल मोमोरिज’ नारासहित कोका–कोलाले ८ वर्षदेखि मःमः उत्सव आयोजना गर्दै आएको छ। यस वर्ष कोक मोमोरी फेस्ट पोखरा, धरान, काठमाडौँ, भरतपुर र भक्तपुरलगायतका प्रमुख सहरहरूमा आयोजना गरिएको कम्पनीले जानकारी दिएको छ।

भक्तपुरमा ‘भक्तपुर कुकिङ’ कार्यक्रमसहित सम्पन्न भएको कम्पनीको भनाइ छ। भक्तपुरमा मात्रै ४ हजार ४ सयभन्दा बढी उपभोक्ताको उपस्थिति रहेको कम्पनीको दाबी छ। कोका–कोला मोमो उत्सव ग्लोबल कोक एन्ड मिल्स कन्सेप्ट अनुसार मनाइँदै आएको छ।

गत फेब्रुअरी १५ मा सुरु भएको उक्त अभियानमार्फत कोका–कोलाले नेपालभर १ हजारभन्दा बढी रेस्टुरेन्टहरूसँगको सहकार्यमा महोत्सव सम्पन्न गरेको हो। कोका–कोला नेपालका कन्ट्री डिरेक्टर आदर्श अवस्थीले ‘कोका–कोला मम उत्सव बर्सेनि आउने चाडजस्तै भइसकेको बताए। ‘अझ चिसो कोक र तातो मःमःको कम्बो, यो स्वाद त सबै जनाको प्रिय नै छ,’ उनले भने, ‘हामीलाई विश्वास छ कि हाम्रो ग्लोबल कोक एन्ड मिल्स कन्सेप्टको सबैभन्दा राम्रो लोकल भर्सन नै कोका–कोला मःमः उत्सव हो। र हामीलाई खुशी लागेको छ, यसपाली कोका–कोला मःमः उत्सव काठमाडौँमा मात्र सिमित नभएर अन्य मुख्य शहरहरूसम्म पनि पुग्यो।’

नेपाली उपभोक्ताको निरन्तर सहयोगका कारण सबै सम्भव भएको उनको भनाइ थियो। त्यस्तै बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक दीपकनाथ सेन्थिलले कोका-कोला मःमः उत्सवको आठौँ संस्करणसँगै आफूहरूले मःमःको नोस्टाल्जिक मेमोरी सेलेब्रेट गरेको बताए।

प्रकाशित: २९ चैत २०७९ १५:१८ | Wednesday, April 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast