भरतपुर अस्पतालमा सेवा विस्तार

हिमाल प्रेस २७ चैत २०७९ १०:१८ | Monday, April 10, 2023
भरतपुर अस्पतालमा सेवा विस्तार

चितवन- चितवनको भरतपुर अस्पतालले सेवा विस्तार गर्ने भएको छ। अस्पतालको ६७औँ वार्षिकोत्सवका अवसरमा नयाँ वर्षसँगै ती सेवा विस्तार गर्न लागिएको हो।

अस्पतालमा पीआईसीयू, सीसीयू र बर्न युनिट थप गरिँदै छ भने आईसीयू र एनआईसीयू सेवा विस्तार गरिँदैछ। अक्सिजन प्लान्ट थप गरिएको छ। अक्सिजन प्लान्टबाहेकका सेवा नयाँ वर्षसँगै सञ्चालनमा आउने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले जानकारी दिए।

जन्मेको २८ दिनपछि १४ वर्षसम्मका बालबालिकालाई सघन उपचार आवश्यक परेमा राख्नका लागि अस्पतालमा पीआईसीयूको अभाव रहँदै आएकामा आठ शय्याको यो सेवा सञ्चालनमा ल्याउन लागिएको हो। नवजात शिशुलाई एनआईसीयू र १४ वर्षमाथिकालाई आईसीयूमा राखेर उपचार गर्ने गरिन्छ।

यसैगरी आगोले पोलेका बिरामीका लागि पहिलो पटक बर्न युनिट सञ्चालनमा ल्याउन लागिएको छ। तीन शय्याको वर्न युनिट सञ्चालनमा ल्याउन लागिएको हो। यस्तै २० शय्या सञ्चालन हुँदै आएको आईसीयूलाई १० शय्या थप गरी ३० पुर्‍याइँदै छ।

अस्पतालमा एनआरएनएको सहयोगमा अक्सिजन प्लान्ट पनि सञ्चालनमा आएको छ। यसअघि अस्पतालमा दुई अक्सिजन प्लान्ट सञ्चालनमा छन् । भरतपुर अस्पताल संघीय अस्पताल हो। यहाँ कम जनशक्ति र उपकरणका कारण बिरामीले लामो समय पालो पर्खनुपर्ने बाध्यता छ।

प्रकाशित: २७ चैत २०७९ १०:१८ | Monday, April 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast