नेपाली बजारमा शाओमी रेड्मी १२

हिमाल प्रेस २३ चैत २०७९ २०:४१
4
SHARES
नेपाली बजारमा शाओमी रेड्मी १२

काठमाडौँ- नेपाली बजारमा शाओमी रेड्मी १२सी सार्वजनिक गरिएको छ। उक्त स्मार्टफोन ‘मिडियाटेक हेलियो जी८५’ प्रोसेसरद्वारा सञ्चालित र सस्तो रहेको कम्पनीले जानकारी दिएको छ।

रेड्मी १२सी गेमिङ, इमेजिङ र दैनिक प्रयोगमा सहज रहेको छ। शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमितकुमार पंडाले उचित मूल्यमा नवीनतम प्रविधि उपलब्ध गराउने बताए। ‘रेड्मीमा हाम्रो उपभोक्ता नै हामीले गर्ने सबै कुराको केन्द्रबिन्दु हुन्,’ उनले भने, ‘यसले हामीलाई उचित मूल्यमा नवीनतम प्रविधि थप पहुँचयोग्य बनाउन प्रेरित गर्छ। भर्खरै सार्वजनिक रेड्मी १२सीले डिजाइनमा नयाँ स्तर ल्याएको छ।’

उक्त स्मार्टफोनमा ५ हजार एमएएच क्षमताको ब्याट्री रहेको कम्पनीले बताएको छ। रेड्मी १२सी ३जीबी र्‍याम, ३२जीबी स्टोरेज क्षमता, ४ जीबी र्‍याम, ६४ जीबी स्टोरेज क्षमता र ६जीबी र्‍याम १२८ जीबी स्टोरेज क्षमतामा उपलब्ध छ।

उक्त स्मार्टफोनहरूको बजार मूल्य क्रमशः १३ हजार ४ सय ९९, १४ हजार ४ सय ९९ र १६ हजार ९ सय ९९ रुपैयाँ रहेको कम्पनीले जानकारी दिएको छ।

प्रकाशित: २३ चैत २०७९ २०:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast