मेटलाइफ फाउन्डेसन र स्वावलम्बन विकास केन्द्रबीच सहकार्य

हिमाल प्रेस २२ चैत २०७९ २०:५७
4
SHARES
मेटलाइफ फाउन्डेसन र स्वावलम्बन विकास केन्द्रबीच सहकार्य

काठमाडौँ- मेटलाइफ फाउन्डेसन र स्वावलम्बन विकास केन्द्रबीच सहकार्य गरिएकाे छ। विभिन्न लघुवित्त संस्थाहरूसँग आबद्ध महिला उद्यमीहरूको आर्थिक अवस्था सुदृढ गर्ने उद्देश्यले दुई संस्थाबीच सहकार्य गरिएको हो।

सहकार्यमार्फत केन्द्रले विभिन्न लघुवित्तमा आबद्ध महिला उद्यमीहरूलाई विकासको अवसर, विशेषज्ञबाट व्यावसायिक सल्लाह सुझाव, तथा प्रशिक्षण प्रदान गरी उद्यमशीलतामा दक्षता बढाउने काम गर्ने कम्पनीले जानकारी दिएकाे छ।

उक्त सहकार्यले नेपालमा उदीयमान महिला उद्यमीहरुका लागि समावेशी व्यवसायिक वातावरण सिर्जना गर्ने लक्ष्य लिइएको छ। उद्यमशीलता र नवप्रवर्तन तालिम, वित्तीय तथा डिजिटल ज्ञानसम्बन्धी कार्यक्रम, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पहुँच, तथा देशैभर सञ्जाल विकासलगायतका कार्यक्रमहरूमार्फत करिब ५ हजार महिला उद्यमीहरूको उत्थानका लागि सहकार्यअन्तर्गत ५० हजार अमेरिकी डलर प्रयोग गरिनेछ।

मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले मेटलाइफ फाउन्डेसनको यस सहकार्यको सुरुवातले महिला उद्यमीहरूका लागि आवश्यक स्रोतहरूमा पहुँच प्रदान गर्ने बताए।

प्रकाशित: २२ चैत २०७९ २०:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast