चीनमा कोभिड प्रतिबन्ध विरुद्धको प्रदर्शनमा प्रहरी दमन

हिमाल प्रेस १३ मंसिर २०७९ ७:५२ | Tuesday, November 29, 2022
चीनमा कोभिड प्रतिबन्ध विरुद्धको प्रदर्शनमा प्रहरी दमन

बेइजिङ- चीनमा सप्ताहन्तमा सुरु भएको कोभिड प्रतिबन्धविरुद्धको विरोध प्रदर्शनमा प्रहरीले ठूलो बल प्रयोग गरेको छ। प्रहरी दमनसँगै प्रदर्शन न्युन देखिएका छन्।

चिनियाँ सहरहरूमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। सांघाईको मुख्यसडकमा ठूला अवरोधहरू अझै पनि छन् र प्रहरीले धेरै प्रदर्शनकारीलाई गिरफ्तार गरेको छ।

प्रहरीले मानिसहरूलाई विरोध प्रदर्शनको फोटो खिच्न र तिनीहरूको डिभाइसबाट फोटोहरू मेटाउन भनेका छन्। बिहीबार पश्चिमी चीनको उरुम्चीमा रहेको एक अग्लो ब्लकमा आगलागी हुँदा १० जनाको मृत्यु भएपछि राष्ट्रव्यापी विरोध प्रदर्शन बढेको छ।

कोभिड प्रतिबन्धका कारण बासिन्दाहरू आगोबाट बच्न सकेनन् भन्ने विश्वास गरिएको छ। तर, स्थानीय अधिकारीहरूले यसलाई अस्वीकार गरेका छन्।

बीबीसीका एक पत्रकारलाई आइतबार सांघाईमा भएको विरोध प्रदर्शनको कभर गर्ने क्रममा पक्राउ गरिएको थियो। एड लरेन्सलाई उनको गिरफ्तारीको क्रममा पुलिसले कुटपिट गरेको थियो। रिहा हुनुअघि धेरै घण्टासम्म राखेको थियो।

बेलायतका विदेशमन्त्री जेम्स क्लिभरलीले गिरफ्तारीको विरोध गरेका छन्। गिरफ्तार चिन्ताजनक भएको उनले ट्वीट गरेका थिए।  एजेन्सी

प्रकाशित: १३ मंसिर २०७९ ७:५२ | Tuesday, November 29, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast