मेडिकल काउन्सिलको परीक्षामा ७१.४३ प्रतिशत उत्तीर्ण

हिमाल प्रेस १७ चैत २०७९ १९:०४ | Friday, March 31, 2023
मेडिकल काउन्सिलको परीक्षामा ७१.४३ प्रतिशत उत्तीर्ण

काठमाडौँ– नेपाल मेडिकल काउन्सिलले ४३ विधामा सञ्चालन गरेको २५औं विशेष परीक्षामा ७१.४३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्।

शुक्रबार सञ्चालित उक्त परीक्षामा ४२० जना परीक्षार्थीहरू सहभागी भएकामध्ये ३ सय जना उत्तीर्ण भएका हुन्। परीक्षामा ११९ जना अनुत्तीर्ण र १ जनाको नतिजा रोक्का भएको काउन्सिलले जनाएको छ।

यसअघि ०७९ साल मंसिर ९ गते गते लिइएको विशेषज्ञ दर्ता प्रमाण पत्र परीक्षामा ७४.१६ प्रतिशतप्रतिशत सहभागी उत्तीर्ण भएका थिए। नतिजामा चित्त नबुझे परीक्षार्थीले पूनर्योगका लागि १ हजार ५ सय रुपैयाँ दस्तुर बुझाई आवेदन दिन सक्नेछन्।

प्रकाशित: १७ चैत २०७९ १९:०४ | Friday, March 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast