मन्त्रालयको टुंगो बिना सरकारको न्यूनतम साझा कार्यक्रम

हिमाल प्रेस १४ चैत २०७९ २१:५५ | Tuesday, March 28, 2023
मन्त्रालयको टुंगो बिना सरकारको न्यूनतम साझा कार्यक्रम

काठमाडौँ- सत्तासाझेदार १० दलीय बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेस गरिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको गठबन्धनको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेस गरिएको हो।

बैठकपछि नेपाली कांग्रेसका नेता रमेश लेखकले सञ्चारकर्मीलाई उक्त जानकारी गराए। उनका अनुसार न्यूनतम साझा कार्यक्रमको मस्यौदामाथि छलफल गरेर बुधबार टुंगोमा पु¥याइनेछ। ‘बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा छलफलका लागि पेस भयो,’ नेता लेखकले भने, ‘यसमा विस्तृत छलफल गरेर भोलि पूर्णता दिने सहमति भएको छ।’

बैठकमा सरकारको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेस गरेका थिए। सरकारलाई चाँडोभन्दा चाँडो पूर्णता दिने विषयमा पनि छलफल भएको थियो।

बैठकमा सत्तासाझेदार दलमा आबद्ध दलका शीर्ष नेताहरू सहभागी थिए। रासस

प्रकाशित: १४ चैत २०७९ २१:५५ | Tuesday, March 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast