स्प्यारो एसएमएसका सीईओ थापालाई प्रोफेसनल एक्सिलेन्स अवार्ड

हिमाल प्रेस १४ चैत २०७९ १४:५१ | Tuesday, March 28, 2023
स्प्यारो एसएमएसका सीईओ थापालाई प्रोफेसनल एक्सिलेन्स अवार्ड

काठमाडौँ- स्प्यारो एसएमएसका सीईओ मनोज थापाले प्रोफेसनल एक्सिलेन्स अवार्ड पाएका छन्। उनलाई जालन्धरको लभ्ली प्रोफेसनल युनिभर्सिटीले व्यावसायिक उत्कृष्टताबापत पुरस्कार पाएका हुन्।

उक्त पुरस्कार भारतको आम आदमी पार्टी (आप)का राज्यसभा सांसद अशोक मित्तल र लभ्ली प्रोफेसनल युनिभर्सिटी (एलपीयू)का कुलपति रश्मी मित्तलले थापालाई हस्तान्तरण गरेका थिए।

व्यावसायिक उत्कृष्टता पुरस्कारले आफ्नो क्षेत्रमा असाधारण योगदान पु¥याएका व्यक्तिलाई मान्यता दिन्छ। थापालाई प्राविधिक तथा दूरसञ्चार ‘वास’ क्षेत्रमा व्यावसायिक उत्कृष्टता देखाएको भन्दै सम्मान गरिएको हो।

थापाले सन् २०१५ मा लभ्ली प्रोफेसनल युनिभर्सिटीबाट मास्टर अफ बिजनेस एडमिनिस्ट्रेसन (एमबीए) पढेका थिए। उनी २०२२ मा जानकी टेक्नोलोजीमा आबद्ध भएका थिए।

प्रकाशित: १४ चैत २०७९ १४:५१ | Tuesday, March 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast