छायांकनमा ‘नांगो गाउँ’

हिमाल प्रेस १४ चैत २०७९ १२:५७ | Tuesday, March 28, 2023
छायांकनमा ‘नांगो गाउँ’

काठमाडौँ- दीपेन्द्र लामाले निर्देशन गरेको फिल्म ‘नांगो गाउँ’ को छायांकन भइरहेको छ। चैत १० गते काभ्रेको बेथानचोक गाउँपालिकाबाट फिल्मको छायांकन सुरु गरिएको थियो। छायांकन ३५ दिनसम्म चल्ने निर्माण पक्षले जनाएको छ।

छायांकनको क्रममा निर्माण पक्षले कलाकारका केही तस्बिरहरू सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्। जसमा दयाहाङ राई, साम्राज्ञी राज्यलक्ष्मी शाह, कार्म शाक्य, शिशिर वाङ्देललाई देख्न सकिन्छ।

फिल्ममा दयाहाङ, साम्राज्ञी, कार्म, शिशिरसहित मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङलगायत कलाकारको अभिनय छ। निर्देशक लामाले यसअघि ‘दुई नम्बरी’, ‘घामपानी’, ‘गोपी’, ‘छ माया छपक्कै’लगायत फिल्मको निर्देशन गरेका थिए।

प्रकाशित: १४ चैत २०७९ १२:५७ | Tuesday, March 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast