ट्याक्सीमाण्डू र भाइबरबीच सम्झौता

हिमाल प्रेस १३ चैत २०७९ १६:५७ | Monday, March 27, 2023
ट्याक्सीमाण्डू र भाइबरबीच सम्झौता

काठमाडौँ- ट्याक्सीमाण्डू र भाइबरबीच सम्झौता गरिएको छ। भाइबरमा नयाँ च्याटबटमार्फत थप सुविधाजनक सवारी बुकिङका लागि सजिलो बनाउने उद्देश्यले दुई संस्थाबीच सम्झौता गरिएको हो।

अब ब्राण्ड न्यु भाइबर बटद्वारा ट्याक्सीमाण्डू प्रयोगकर्ताहरूले नेपाली नयाँ वर्ष अघि नै सजिलै राइड बुक गर्न सक्ने सम्झौतामा उल्लेख छ। ‘रकुटेन भाइबरसँगको सफल साझेदारीको पछिल्लो अध्याय अन्तर्गत ट्याक्सीमाण्डूले ट्याक्सीमाण्डूमार्फत बुकिङ राइडहरू सजिलो बनाउने लक्ष्यसहित नयाँ योजना ल्याएको छ,’ ट्याक्सीमाण्डूले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यसका लागि भाइबरमा रहेको ट्याक्सीमाण्डू अनलाईन ट्याक्सी च्याटबटमार्फत प्रयोगकर्ताले एपभित्र सिधै ट्याक्सी बुक गर्न सक्ने कम्पनीले बताएको छ। ट्याक्सीमाण्डूका प्रमुख कार्यकारी अधिकृत (सीईओ ) अर्जुन केसीले नयाँ च्याटबट सुरु गर्ने सिलसिलामा रकुटेन भाइबरसँग फेरि जोडिन पाउँदा उत्साहित भएको बताए। ‘यसले हाम्रा प्रयोगकर्ताहरूका लागि ट्याक्सी बुकिङ अझ सहज बनाउनेछ,’ उनले भने, ‘नेपाली नयाँ वर्षसँगै सुरक्षित र भरपर्दो ट्याक्सी सेवाहरूमा सबैलाई सजिलो पहुँचको हामी सुनिश्चित गर्न चाहन्छौं।’

ट्याक्सीमाण्डू अनलाईन ट्याक्सी बटमार्फत प्रयोगकर्ताले एक एपबाट अर्को एपमा स्वीच नगरिकनै धेरै सुविधा पाउने बताइएको छ।

प्रकाशित: १३ चैत २०७९ १६:५७ | Monday, March 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast